back
CTIZAN AD

न्युजलाइन मिडियाद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्याएका युएईका नेपालीलाई सम्मान

वि.सं.२०८१ असोज १५ मंगलवार

1.3K 

shares

दुबई, युएई । न्युजलाइन्स मिडियाको आयोजना दुबईमा एनएल इन्टरनेशनल अवार्ड २०२४ प्रदान गरिएको छ ।

हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान गर्दै कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको हो ।

उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवद्र्धन जस्ता क्षेत्रमा विशेष काम गरेका व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको हो । भव्य समारोहका बीच विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्दै आएका व्यक्तित्वहरुलाई कदर गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन, सेवा उद्योग, सामाजिक क्षेत्र र अद्वितीय खाना लगायत नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय प्रभाव पारेका व्यक्ति र संस्थाहरूलाई एनएल इन्टरनेशनल अवार्ड २०२४ बाट सम्मान गरिएको थियो । सम्मान समर्पण गर्ने क्रममा दीर्घकालीन सेवा र समर्पण झल्काउने विधामा पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।

जसमा लक्ष्मीनारायण सिंह सुवाल एन एल अन्तर्राष्ट्रिय लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ र प्रकाश कुमार कुइँकेल एन एल इन्टरनेशनल लाइफटाइम अचिभमेन्ट अवार्ड २०२४ बाट सम्मानित भए ।

त्यसैगरी लिटिरेचर एक्सिलेन्स इन्टरनेशनल अवार्डबाट विक्रम भक्त जोशी, ईन्टर कम्युनिकेशन अवार्डबाट सामाजिक बौद्ध कार्यकर्ता र सामाजिक र व्यवहार परिवर्तन कम्युनिकेटर धर्मराज बज्राचार्य, बेस्ट बिल्डर्स अवार्डबाट न्यु डाइगन निर्माण सेवा प्रालिका म्यानेजिङ डाईरेक्टर अर्जुन कुमार चौलागाई, आउटस्टाण्डिङ्ग ईन्टरप्रेनर अवार्डबाट बिजी कन्स्ट्रक्सनका म्यानेजिंग डाइरेक्टर विनोद गौतम, बेष्ट सेफ बेकर अफ मिडल ईष्टअवार्डबाट एक्जुकेटिभ पेस्ट्री तथा बेकरी सेफ हुमन लिम्बु, ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट पार्क रेजिस क्रिस किन होटल दुबईमा कार्यरत एक्जुकेटिभ सेफ गोविन्द राई सम्मानित भएका छन् ।

त्यस्तै ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सेन्टरा मिरेज विच रिसोर्ट दुबईमा कार्यरत रेष्टुरेन्ट तथा बार मेनेजर सुदर्शन पराजुली, बेष्ट एग्रो ईन्टरप्रेनियर अवार्डबाट नमुन्चेत कृषि फार्म (ककनी स्ट्रबेरी) का अध्यक्ष अष्ट लाल तामाङ (छेसाङ), ईन्टरनेशनल सोसियल अवार्डबाट मल्टिपल इन्स्टीच्यूटका निर्देशक आङछिरिंग शेर्पा, पावर अफ ऐजुकेशन अवार्डबाट निर्मल बज्राचार्य,जर्नालिजम अवार्डबाट पत्रकार श्याम श्रेष्ठ र रुपेश पाण्डे, सोसयिल अवार्डबाट रमादेवी सुवाल, बिन्जु जोशी, सुनिता श्रेष्ठ, सुष्मा शर्मा सम्मानित भएका थिए ।

सो अवसरमा कार्यक्रममा पूर्व प्रतिवद्धताका बावजुद उपस्थित हुन नसकेका केही महानुभावहरुमा समर्पित अवार्ड उपस्थित प्रतिनिधिहरुलाई प्रदान गरिएको थियो । जसमा क्यानडाको आमा क्विजोन रेस्टुरेन्टका सञ्चालक ज्ञानेन्द्र बंजारा शर्मा, वरिष्ठ लेखक तथा समीक्षक ममता मृदुल, अष्ट्रेलियाका कार्यकारी एक्जुकेटिभ सेफ भावी खनाल, विश्व प्रसिद्ध एक्जुकेटिभ पेस्ट्री शेफ सरोज थापालाई ईन्टरनेशनल हस्पिटालिटी अवार्डबाट सम्मान समर्पण छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एनआरएन (गैरआवासीय नेपाली बरिष्ठ अभियन्ता तथा प्यासिफिक कुलिनरीका अध्यक्ष गणेश केसीको उपस्थिति रहेको थियो । उनीसँगै एनआरएन दुबईका अध्यक्ष विकास शाही पनि विशेष अतिथिका रुपमा सहभागी भएका थिए ।

केसी र शाहीलेण् आफ्नो मुख्य मन्तव्यमा नेपालका परम्परागत चाडपर्वहरू विशेष गरी प्रवासी नेपालीहरूका लागि संरक्षण गर्नुपर्ने महत्त्वमा जोड दिए। उनीहरूले भविष्यका पुस्ताहरू आफ्नो सांस्कृतिक जरासँग जोडिएको सुनिश्चित गर्दै यी चाडपर्वहरूलाई विश्वभरका नेपाली समुदायले मनाउन आवश्यक रहेकोमा जोड दिए।

“हामी संसारको जुनसुकै ठाउँमा भए पनि हाम्रा चाडपर्वहरू मनाउँदा हाम्रो पहिचान कायम राख्न र हाम्रो सम्पदाको समृद्धिलाई अर्को पुस्तामा हस्तान्तरण गर्न मद्दत गर्छ,” गणेश केसीले विश्वव्यापीकरण भएको विश्वमा सांस्कृतिक संरक्षणको भूमिकालाई उजागर गर्दै भने ।

एनआरएन दुबईका अध्यक्ष शाहीले भावनाहरू प्रतिध्वनित गर्दै थपे, ’हामीले समुदायका रूपमा हाम्रा चाडपर्वहरू विदेशमा मनाउनका लागि हाम्रा रीति(रिवाजहरू जीवित र फस्टाउनका लागि एकजुट हुनु महत्त्वपूर्ण छ’।

उक्त अवसरमा न्यूजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले एनएल इन्टरनेशनल अवार्ड २०२४ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको र उत्कृष्टता र सांस्कृतिक संरक्षणप्रति समुदायको प्रतिबद्धतालाई पुनस् पुष्टी गर्ने बताए।

अवार्ड समारोहको साथसाथै साँझमा नेपाली संस्कृतिको महत्वपूर्ण पर्व विजयादशमीको शुभकामना आदानप्रदान पनि गरिएको थियो । कार्यक्रममा नेपाली साँस्कृतिक रीतिरिवाज र चाडपर्वहरुको संरक्षण, एकता प्रवर्द्धन र सहभागीहरुबीच सांस्कृतिक आदानप्रदान गर्ने विषयमा अन्तरक्रियात्मक सत्रको आयोजना गरिएको थियो ।

 

वि.सं.२०८१ असोज १५ मंगलवार २१:४६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...