back
CTIZAN AD

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण, किन असन्तुष्ट भयो फिप्ना ?

वि.सं.२०८१ असोज १५ मंगलवार

2.1K 

shares

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अमेरिका भ्रमणका क्रममा राजनीतिक दलका भातृ संगठनले विभेदको व्यवहार गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)ले आपत्ति जनाएको छ ।

प्रधामन्त्री ओली र परराष्ट्रमन्त्री देउवा लगायतको टिमलाई २२ सेप्टेम्वर २०२४ मा सम्पन्न स्वागत कार्यक्रम गर्नु अगाडि आयोजित संयुक्त बैठकमा फिप्नालाई समेत बोलााई आयोजकको लागि आग्रह गरिएको थियो । यद्यपी फिप्नाको केन्द्रीय समितीको बैठकबाट फिप्नाले आदिवासीको एजेण्डाहरूलाई आयोजक भएर नै प्रस्तुत गर्ने र ज्ञापनपत्र पनि बुझाउने भनेर आयोजक बन्ने निर्णयका साथ आयोजक टिममा सहभागि भएको फिप्नाले जनाएको छ ।

‘स्वागत कार्यक्रमको दिनमा न्यूयोर्कभन्दा निकै टाढा न्यूजर्सि, कनेटिकट, टेक्सास, क्यालिफोर्निया देखि आउनुभएका आदिवासि जनजाति महासघंका सहभागिहरूले कार्यक्रम हल खचाखच भरिभराउ भएको थियो,’ फिप्नाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर अन्तिम समयमा टाढाबाट आउनु भएका सहभागिलाई वास्ता नगरि प्रबासी नेपाली मंच अमेरिका र नेपाली जनसम्पर्क समिती अमेरिकाका नेता भनाउदाहरूले आयोजक टिमलाई कुनै जा

नकारी नदिइकन सुरक्षाको कारण देखाएर कार्यक्रम स्थगित भएको जानकारी दिनु भयो ! हामिलाई अचम्म लाग्यो !’
‘यदि कार्यक्रम रद्द नै गर्नुपर्ने भए पनि आयोजक टिम बसेर वास्तबिक छलफल गरेर रद्द हुनुपर्ने थियो तर केटाकेटीले भाडाँकुटी खेलेजस्तो पारामा कार्यक्रम रद्द भनेपछि हामीलाई चित्त बुझेन ! किनकी फिप्नाले आफ्ना सदस्यहरूलाई बास्तविक कारण देखाउनु पर्ने जबाफदेहिता बोकेको हुन्छ !’ विज्ञप्तिमा थप भनिएको छ ।

त्यति मात्र नभई नेपाल सरकारका प्रधानमन्त्री ओली समक्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले नेपालका आदिवासी जनजातिहरू र अमेरिकामा रहेका समग्र नेपालीहरूको हकहीत र सरोकारका विषयहरूलाई लिएर ज्ञापनपत्र दिन्ने भन्ने बिषयलाई आलटाल गरी भाजो हालेको आरोप समेत फिप्नाको छ ।

‘अनेक बाहनाबाजी गरेर प्रबासी नेपाली मंच अमेरिकाका नेता भनाउदाहरूले प्रधानमन्त्रीलाई भेट्न नदिन षडयन्त्र गरि हामीप्रति हेर्ने दृष्टीकोण अव्यवहारीक कुण्ठित, अहंकार, आडम्बर किसिमको मनोभावना बोकेर फिप्नाप्रति गरिएका व्यवहारले हामी दुखित छौ !’

विज्ञप्तिमा भनिएको छ, ‘त्यति मात्र नभई फिप्नालाई हेयभावको हिसाबले बिदाई कार्यक्रमको लागि भने बारम्बार फोन गरेर तपाईहरू सहभागि हुन आउनु भनेर नाटकबाजी समेत गरेकोले हामीले त्यसको कुनै औचित्य नदेखिएको कारणले हामी सहभागि हुन असमर्थ रहयौं ।’

फिप्नाले प्रबासि नेपाली मंच अमेरिका समक्ष आगामी दिनहरुमा यस्तो कुचेष्टा नगर्न समेत आग्रह गरेको छ । !

‘फिप्नालाई गरिएको यस्तो ब्यबहार प्रती फिप्ना घोर आपत्ति र भत्सर्ना गर्दछ !’ विज्ञप्तिमा भनिएको छ ।

 

वि.सं.२०८१ असोज १५ मंगलवार २१:३५ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...