back
CTIZAN AD

कङ्गोबाट यसवर्ष मात्रै लगभग दश लाख मानिस विस्थापित : राष्ट्रसङ्घ

वि.सं.२०८१ असोज २३ बुधवार

573 

shares
जेनेभा । लोकतान्त्रिक गणतन्त्र कङ्गोका करिब दश लाख मानिस यस वर्ष आफ्नो घरबाट विस्थापित भएका संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार बताएका छन् ।
अप्रिलमा कङ्गोको भ्रमण गर्नुभएको टर्कले संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई मध्यअफ्रिकी देश बढ्दो हिंसा, शोषणकारी नियम र कानुनको कमजोर शासनजस्ता समस्याबाट ग्रसित भएको जानकारी दिएका थिए ।
 उनले कङ्गोमा मानव अधिकार उल्लङ्घनका पीडितको सङ्ख्या बढ्दै गएको जसमध्ये ८५ प्रतिशत दुर्व्यवहार द्वन्द्व प्रभावित पूर्वी क्षेत्रमा रहेको बताएका थिए । त्यसैगरी उनले विभीन्न सशस्त्र समुहलाई बढ्दो दुर्व्यवहारको लागि दोषी ठहराएका छन्  ।
“सशस्त्र समुहले अपहरण गर्ने, बन्दी बनाउँने र महिला एवं युवतीलाई यौन दासत्वको अधीनमा राख्ने गरेका छन् ।  धेरैको बलात्कारपछि हत्या गरिएको छ । सबै मामिला निश्चितरूपमा रिपोर्ट गरिँदैनन् । यो अत्याचार हो”, टुर्कले बताए ।
“मानवीय स्रोतका अनुसार यस वर्ष नौ लाख ४० हजारभन्दा बढी मानिस आन्तरिकरूपमा विस्थापित भएका छन्, आन्तरिकरूपमा विस्थापित मानिसको कूल सङ्ख्या ६४ लाखभन्दा बढी पुगेको छ”, उनले भने । एएफपी

वि.सं.२०८१ असोज २३ बुधवार १०:२८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...