काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पच्चीस लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकले यहि आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहतस्वरुप बैंकको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको जनाएको छ ।
बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेको बैंकले जनाएको छ ।
वि.सं.२०८१ असोज २३ बुधवार १४:२१ मा प्रकाशित






























