back
CTIZAN AD

यस्तो छ चार महानगरको पछिल्लो मतपरिणाम

वि.सं.२०७४ जेठ ८ सोमवार

1K 

shares

८ जेठ, काठमाडौँ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडी रहेको छ  ।
जसमा काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले ३१५५५ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका राजुराज जोशीले २२४२१ मत ल्याएका छन् । साथै विवेकशील नेपालीकी रन्जु दर्शनाले १२१३३, साझा पार्टीका किशोर थापाले ९३३२ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३४५४ मत ल्याएका छन् ।
त्यस्तै ललितपुर नगरपालिकामा कांग्रेसका चिरिबाबु मर्हजनले १९५८३ प्राप्त गरेर अग्रस्थानमा रहेका छन भने एमालेका हरिकृष्ण व्यन्जनकारले १७६४८ मत ल्याएका छन् । साथै साझा पार्टीका रमेश मर्हजनले ११९०९मत ल्याएर तेश्रो भएका छन भने माओवादी केन्द्रका दिनेश मर्हजनले ५११२ मत प्राप्त गरेका छन् ।
त्यसै गरि भरतपुर महानगरमा एमालेका देवि ज्ञवाली २२९८२ मत सहित अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २०१९९ मत ल्याएकी छन् ।
त्यस्तै पोखरा लेखनाथ महानगरमा एमालेका मान बहादुर कुँवरले २१ हजार ८७८मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले २० हजार ४९ मत पाएका छन् ।

वि.सं.२०७४ जेठ ८ सोमवार १२:०८ मा प्रकाशित

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...