८ जेठ, काठमाडौँ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडी रहेको छ ।
जसमा काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले ३१५५५ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका राजुराज जोशीले २२४२१ मत ल्याएका छन् । साथै विवेकशील नेपालीकी रन्जु दर्शनाले १२१३३, साझा पार्टीका किशोर थापाले ९३३२ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ३४५४ मत ल्याएका छन् ।
त्यस्तै ललितपुर नगरपालिकामा कांग्रेसका चिरिबाबु मर्हजनले १९५८३ प्राप्त गरेर अग्रस्थानमा रहेका छन भने एमालेका हरिकृष्ण व्यन्जनकारले १७६४८ मत ल्याएका छन् । साथै साझा पार्टीका रमेश मर्हजनले ११९०९मत ल्याएर तेश्रो भएका छन भने माओवादी केन्द्रका दिनेश मर्हजनले ५११२ मत प्राप्त गरेका छन् ।
त्यसै गरि भरतपुर महानगरमा एमालेका देवि ज्ञवाली २२९८२ मत सहित अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २०१९९ मत ल्याएकी छन् ।
त्यस्तै पोखरा लेखनाथ महानगरमा एमालेका मान बहादुर कुँवरले २१ हजार ८७८मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले २० हजार ४९ मत पाएका छन् ।
वि.सं.२०७४ जेठ ८ सोमवार १२:०८ मा प्रकाशित