back
CTIZAN AD

इजरायलले इरानलाई ‘कानुनी कदम चाल्न’ दबाब दिएको टर्कीको भनाइ 

वि.सं.२०८१ कात्तिक ४ आइतवार

729 

shares

इस्तानबुल । लेबनान र गाजामा इजरायलले गरेको आक्रमणले इरानलाई ‘कानुनी कदम’ चाल्न प्रेरित गरिरहेको टर्कीका विदेशमन्त्रीले शनिबार इस्तानबुलमा आफ्ना इरानी समकक्षीसँगको संयुक्त पत्रकार सम्मेलनमा बताएका छन् ।

“इजरायलको आक्रामक अडानले इरानलाई कानुनी कदम चाल्न बाध्य पारिरहेको छ,” टर्कीका हाकान फिदानले इरानी विदेशमन्त्री अब्बास अरागचीसँग भने ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस क्षेत्रमा निरन्तर नयाँ मोर्चा खोलिरहेको र इरानलाई यस युद्धमा तान्ने प्रयास गरिरहेको उनले बताए ।

उनले भने “युद्ध पूरै क्षेत्रमा फैलिने खतरालाई कम आँक्नु हुँदैन ।”

शुक्रबार इस्तानबुलमा पूर्वी यूरोप र पश्चिमी एशियाली क्षेत्रका मुलुकहरूको एक बैठकमा भाग लिएका अरागचीले लेबनानमा बढ्दो तनाव ‘निकै चिन्ताको’ बिषय भएको बताएका थिए ।

उनले भने, “यस क्षेत्रमा युद्धको सम्भावना जहिले पनि गम्भीर हुन्छ, र यहूदी शासकबाहेक अरू कोही पनि त्यस्तो नहोस् भन्ने चाहन्छन्। हामी तनाव कम गर्न चाहन्छौं, तर यसको अर्थ हामी जस्तोसुकै परिस्थितिका लागि पनि तयार छौं भन्ने पनि हो।”

इरानले गाजामा हमास र लेबनानमा हिजबुल्लाहजस्ता इस्लामी समूहलाई समर्थन गर्दै आएको छ, यी सशस्त्र लडाकू समूहका शीर्ष नेताहरूलाई इजरायलले मध्यपूर्वको बढ्दो सङ्कटमा मारेको छ।

इरानले यमनमा हुथी विद्रोही, इराकमा शिया मिलिसिया र सिरियाको सशस्त्र बललाई पनि समर्थन गर्दै आएको छ । तेहरानले सामूहिक रूपमा उनीहरूका आक्रमण र मिलिशियाहरूलाई इजरायलविरुद्ध ‘प्रतिरोधको चुली’ भनेको छ।

गत सेप्टेम्बर २७ मा बेरुतमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको हत्या र जुलाई ३१ मा तेहरानमा हमासका नेता इस्माइल हनियाहको हत्याको बदलामा इरानले करिब २०० क्षेप्यास्त्र प्रहार गरेको थियो ।

सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणका मुख्य योजनाकार हमासका नेता याह्या सिनवारको बुधबार इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

इरानको रिभोल्युसनरी गार्ड्सले इजरायलले इरानी लक्षमा आक्रमण गरेमा इजरायलको बिरूद्ध ‘कडा’ प्रहार गर्ने चेतावनी दिएको छ ।एएफपी

वि.सं.२०८१ कात्तिक ४ आइतवार ०७:३७ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...