back
CTIZAN AD

जी–७ का रक्षामन्त्रीहरूको वार्ता  इटालीमा शुरू 

वि.सं.२०८१ कात्तिक ४ आइतवार

723 

shares

नेपल्स, इटाली । मध्यपूर्वमा तनाव बढेको र युक्रेनमाथि दबाब बढ्दै गएको पृष्ठभूमिमा जी–७ का रक्षामन्त्रीहरूले शनिबारदेखि वार्ता सुरु गरेका छन् ।

जी सेभेन राष्ट्रको आलोपालो अध्यक्षता गरेको इटालीले रक्षामन्त्रीस्तरीय पहिलो बैठक दक्षिणी शहर नेपल्समा आयोजना गरेको होे।
इटालिका रक्षामन्त्री गुइडो क्रोसेट्टोले नाटोका प्रमुख मार्क रुटलगायत सहभागी सबैलाई स्वागत गर्दै भने, “आज हाम्रो उपस्थितिले हाम्रो लोकतान्त्रिक प्रणालीलाई अवरोध गर्न खोज्नेहरूलाई कडा सन्देश दिन्छ भन्ने मेरो बुझाई रहेको छ ।”

क्रोसेट्टोले शुक्रबार ब्रसेल्समा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेको धेरै द्वन्द्वलाई मध्यनजर गर्दै आफूले शिखर सम्मेलनका लागि अनुरोध गरेको बताउँदै एक दिने शिखर सम्मेलनमा मध्यपूर्वमा बढ्दो द्वन्द्वबारे छलफल गर्न ‘पर्याप्त स्थान’ दिइने बताए ।

युक्रेनमा युद्ध, अफ्रिकामा विकास र सुरक्षा र एशिया–प्रशान्त क्षेत्रको अवस्था पनि एजेन्डामा छ ।

इजरायलले सन् २०२३ को अक्टोबर ७ मा गाजामा भएको विनाशकारी जवाफी युद्धका मुख्य योजनाकार हमासका प्रमुख याह्या सिनवारलाई मारेको घोषणा गरेको दुई दिनपछि यो बैठक हुन लागेको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सिनवारको प्यालेस्टिनी भूमिमा भएको मृत्युले हमासविरुद्धको युद्धको अन्त्यको सङ्केत गरेको बताएका छन् भने अमेरिकी राष्ट्रपति जो बाइडेनले यसले ‘शान्तिको लागि’ मार्ग प्रशस्त भएको बताएका छन् ।

इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनी शुक्रबार लेबनान पुगेका थिए । लेबनानमा पनि इजरायलले हमासको सहयोगी हिजबुल्लाहसँग युद्ध गरिरहेको छ ।

बेरुतमा बोल्दै मेलोनीले लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणलाई ‘अस्वीकार्य’ भन्दै आलोचना गरेका थिए ।
लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा इटालीका करिब एक हजार सैनिक छन् भने अन्य ५० भन्दा बढी देशका सैनिक पनि छन् ।
युक्रेनका मन्त्रीहरूले युद्धमा जाडो याममा किएभ प्रवेश गर्ने, पूर्वमा युद्धभूमिमा क्षति हुने र डोनाल्ड ट्रम्प अर्को महिना ह्वाइट हाउसमा निर्वाचित भएमा अमेरिकी सैन्य समर्थन घट्ने सम्भावनाबारे विचारविमर्श गर्नेछन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसविरुद्ध विजयी रणनीति बनाउन पश्चिमा मित्रराष्ट्रहरूको बढ्दो दबाबका बीच बिहीबार युरोपेली सङ्घ र नेटोसमक्ष ‘विजय योजना’ प्रस्तुत गरेका छन् । एएफपी

वि.सं.२०८१ कात्तिक ४ आइतवार ०७:४५ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...