back
CTIZAN AD

दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न इजरायली सेनाको निर्देशन

वि.सं.२०८१ कात्तिक ४ आइतवार

732 

shares
जेरुसेलम ।  इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न शनिबार आह्वान गरेको छ ।
दक्षिणी उपनगर दाहियाह र विशेष गरी  हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेकोे सन्देशमा भनेका छन्, “तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।’
यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक सहरमा इजरायली आक्रमणमा परी शनिबार एक मेयरसहित चार जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल शहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी चार जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर शहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ ।
यसैबीच, उद्धारकर्ताहरूलाई उद्धृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत दुई हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् । एएफपी

वि.सं.२०८१ कात्तिक ४ आइतवार ०७:५१ मा प्रकाशित

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...