back
CTIZAN AD

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

5.4K 

shares

एजेन्सी । भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा नै हालेका छन् । मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन् ।

‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर रिकोका मालिकहरूविरुद्ध छिमेकी मुद्दा दर्ता गरेका छन् । यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ । आफ्नो नाम खुलाउन नचाहने छिमेकीका अनुसार भालेले दिनरातै बासेर हैरानी दिने गरेको छ ।

पाँच वर्षीय रिकोका मालिक फ्रांक भने उक्त आरोप अस्वीकार गर्छन् । भाले बस्ने खोरमा अटोमेटिक सिस्टम रहेको र उक्त खोरको ढोका जाडो समयमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे खुल्ने उनको भनाई छ । भालेले बिहानको समयमा करिब एक घण्टामा १५ पटक र दिनमा थप केही पटक बास्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

करिब २५ वर्षअघि सहरबाट बोरगोइँ जालियूँमा सरेका फ्रांक दम्पत्ती आफ्नो छिमेकीको व्यवहारबाट अचम्मित बनेका छन् । उनीहरूले यस विषयमा टाउन हलमा सहमतिको प्रयास पनि गरेका थिए । तर, त्यहाँ कुरा मिल्न सकेन । त्यसपछि छिमेकीले अदालतमा नै मुद्दा दर्ता गरेका हुन् ।

यता फ्रांकले अन्य छिमेकीसँग पनि यसबारे कुरा गरेको बताएका छन् । अन्य छिमेकीलाई भने रिको बास्दा कुनै समस्या नभएको उनको दाबी छ ।

मुद्दा दर्ता छिमेकी भने सन् २०२१ मा उक्त स्थानमा सरेका हुन् । उनका अनुसार रिको ठुलो स्वरले बास्दा आफूलाई बगैँचामा आनन्दले बस्नुदेखि राम्ररी सुत्नुसम्ममा समस्या भएको भएको छ । उनी यो अवस्था परिवर्तन होस् भन्ने चाहन्छन् ।
यो मुद्दाबारे पढ्दा धेरैलाई रमाइलो लाग्न सक्छ । तर, फ्रान्समा यो गम्भीर विषय बनेको छ । यस्तै मुद्दा अदालतमा पुगेको यो तेस्रो अवसर हो । रिकोको मुद्दामाथि अदालतले अर्को वर्ष आफ्नो फैसला सुनाउनेछ ।

यता, रिकोलाई भने सामाजिक सञ्जालमा समर्थन प्राप्त भइरहेको छ । उनको समर्थनमा एउटा फेसबुक पेज नै सुरु गरिएको छ । जसमा फलोअर्सहरुले उनलाई बासिराख्न प्रेरित गरिरहेका छन् ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १७:०३ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...