back
CTIZAN AD

गायकहरूको गलामा गुन्जिए नेपालका गजल

वि.सं.२०८१ कात्तिक ६ मंगलवार

1.9K 

shares

दाङ । राप्ती साहित्य परिषद् दाङद्वारा आयोजित बृहत् साहित्यिक तथा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ सङ्गीतज्ञ गोविन्दराज श्रेष्ठको विशिष्ट आतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘स्रष्टा एक, प्रस्तोता अनेक –२०८१’ शीर्षक दिएको सो कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध एकल गजलहरू रहेका थिए भने आफ्नो जीवन नै साङ्गीतिक क्षेत्रमा समर्पण गरेर गायनको क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल वरिष्ठ तथा चर्चित गायक गायिकाहरूको स्वर रहेको थियो ।

वरिष्ठ साहित्यकार तथा गजलकार नारायण नेपालका बहरबद्ध गजलहरूमा विश्वकीर्तिमानी सङ्गीतकार तथा वरिष्ठ गायक सन्तोष श्रेष्ठ, चर्चित गायकहरू यादवनाथ योगी, सुशील कुमार श्रेष्ठ, सन्तोष रजौरे र दीपलता उपाध्यायका सुमधुर स्वरहरू रहेका थिए ।

गायकहरूलाई वाद्यवादनको बाँसुरीमा डम्बर खड्काथोकी, भायोलिन यतिराज अधिकारी, तबलामा सुशील कुमार गुप्ता र हार्मोनियममा अनिल बुढाथोकी साथ दिएका थिए । स्वयम् वरिष्ठ स्रष्टा नारा नेपालले पनि आफ्ना केही गजलहरू प्रस्तुत गरेका थिए ।

 

राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटाले वृत्तचित्रमार्फत स्रष्टाको परिचय गराएका थिए । राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासीले गाइएका गजलहरूको समीक्षा गरेका थिए । नेपालका गजलमा समाजका दर्शन, प्रेम प्रणय, समयप्रतिका गुनासा, आक्रोश र विद्रोह जस्ता चेतना रहेको टिप्पणी गरे ।

राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालले कार्यक्रम अत्यन्त उत्कृष्ट वा!वा!! भन्ने खालको रहेको बताए ।

त्यस्तै प्रमुख अतिथिको रूपमा रहेका वरिष्ठ सङ्गीतज्ञ गोविन्दराज श्रेष्ठले राप्ती साहित्य परिषद् दाङ शाखाले नेपाली भाषा कला सङ्गीतको विकासमा महत्वपूर्ण योगदान दिएको बताए । उनले यस्ता कार्यक्रमको निरन्तरताको पनि कामना गरे ।

राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्य तथा किशोरचन्द्र गौतमको स्वस्तिक वाचनबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक चर्चित गीतकार प्रकाश केसी र राप्ती साहित्य परिषद् दाङ शाखाका सचिव घनश्याम केसीले गरेका थिए ।

वि.सं.२०८१ कात्तिक ६ मंगलवार १६:५५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...