back
CTIZAN AD

नाम मात्रको नहोस् विश्व विकासमा सूचना

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

1.2K 

shares

कुनै पनि देशको विकासको लागि सूचना नै महत्त्वपूर्ण हुन्छ । सूचनाको विकास कागले गर्ने का का, कुकुरको भुकाई सँगै गाई, गोरुको आवाजसँग जोडिएको सञ्चारको इतिहासमा अध्ययन अध्यापन हुने पत्रकारिताको इतिहासमा पाइन्छ ।

सूचना प्रविधि, एकीकृत सञ्चार र टेलिकम्यूनिकेशनको संयोजनले नै सूचना सञ्चार प्रविधिको विकास सम्भव भएको छ । सूचना प्रविधिभित्र विषेशत कम्प्युटरको प्रयोगबाट विभिन्न सूचना सङ्गृहीत गर्ने, पूर्नप्रयोग गर्ने, तथ्याङ्क र जानकारीहरूको विश्लेषण गर्ने गरिन्छ । वास्तवमा भन्ने हो भने सूचना व्यक्तिगत वा मनोरञ्जनका लागि भन्दा पनि व्यावसायिक परिपे्रक्षमा उकालो लागेको छ ।

सामाजिक समावेशलाई बढवा दिन गरिबी उन्मुलनको आवश्यकता पर्छ । जुन ज्ञानको वृद्धीद्धारा प्रतिस्पर्धात्मक बजारमा सूचनाको बढवाले नै आर्थिक वृद्धि हुने कुरामा दुबिधा छैन । विश्व विकासको चुनौतीमा विश्व व्यापारीकरण नै प्रमुख खम्बा भएको छ । यसको लागि नयाँ प्रविधिमा सूचनाको माध्यम नै ठुलो हो । जसले गर्दा विश्व विकासमा सूचना भन्ने दिवस आज अर्थात् अक्टोबर २४ का दिन संयुक्त राष्ट्र सङ्घले सन् १९७२ को साधारण सभामा विश्व विकास सूचना दिवस स्थापना गरेको हो । त्यस यता हरेक वर्ष आजैकै दिन विश्वभर विश्व विकास सूचना दिवस मनाइन्छ । विश्वभर रहेका समस्यालाई समाधान गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विश्वका मानिसको सामाजिक जीवनमा हुने विविध क्रियाकलाप, तौरतरिका र समग्र मनोसामाजिक पक्षमा समेत यसको व्यापक प्रभाव परेको विभिन्न अध्ययनले देखाएको छ । त्यसका लागि विकासमा सूचनाको आवश्यकता पर्नेमा दुबिधा छैन । मानिसको सामाजिक जीवनसँग जोडिएको विभिन्न पक्षहरू, स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक, धार्मिक, सांस्कृतिक लगायत सामाजिक व्यवहार, बौद्धिकता, सृजनशीलता र तार्किकता आदिमा सूचना सञ्चार प्रविधिको ठुलो प्रभाव पारेको छ । राजनीतिक, आर्थिक र सामाजिक पक्षहरूको परिवर्तनमा यसले अहम् भूमिका खेल्दछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र र सिङ्गै अन्तर्राष्ट्रिय जगतलाई नै साँघुरो बनाएर समाजिक जीवनका आयामहरूलाई एक अर्कासँग सम्बन्धित गर्दै विश्वमा एकताको भावना विकासमा मद्दत पुगेकोमा दुई मत छैन ।

हरेक वर्षको मे २ का दिन आइसिटि डे मनाइँदै आइएको छ । गत मे मा ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइयो । आज २४ अक्टोबरको दिन विश्व सूचना दिवस मनाइँदै छ । जसले सूचनाको प्रसार र गतिशीलताले खासगरी युवा मान्छेमा रहने विकासको समस्याहरूको बारेमा अधिक जागरूकताको नेतृत्व गर्नेमा दुई मत छैन । जसले गर्दा विकासको लागि अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा प्रयासको बढवा दिन्छ ।

सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका लागि यस दिवसको सान्दर्भिकता अझ बढिरहेको छ । विकासमा विश्व सूचना दिवस नाम मात्रको नहोस् । सरकारका मन्त्री तथा विभिन्न दलका नेताले भाषण गर्ने थलो मात्र नहोस् विकासको नारा । वास्तवमा यो दिवसमा विकास सम्बन्धी कार्यको एक अत्यावश्यक अंशमा निर्धारित उद्देश्य र नीतिहरूको समर्थनमा विकासोन्मुख र विकसित देशहरूमा जनमतको परिचालन समावेश बलियो देखिएको हो ।

विकासोन्मुख देशहरूले अनुसन्धान र विकासमा आफ्नो खर्च बढाउनु पर्छ । प्राविधिक दूरीलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने गरी विकासका लागि विज्ञान र प्रविधिको प्रयोग गर्ने आफ्नो क्षमता विस्तार गर्न आवश्यक छ । जसले गर्दा विकसित देशहरूले उपयुक्त सहयोग दिएर सबैलाई एकजुट प्रयास जारी राख्नेमा बलियो हुने पक्का छ ।

सूचना र सञ्चार प्रविधि उपकरणहरूमा पहुँच र विकासको विभिन्न स्तरहरूमा देशहरू बिचको ब्रोडब्यान्ड जडानमा डिजिटल विभाजनको बारेमा चिन्ताहरू बढ्दै जाँदा विकास पनि भएका छन् । सूचनाको प्रयोग प्रविधिबाट हुने पक्का हो । विश्वका सरकार, व्यापार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा आर्थिक र सामाजिक रूपमा सान्दर्भिक अनुप्रयोगहरूलाई असर गर्न र थप चिन्ता बढाउन प्रविधिले नै सूचनामा बढवा दिएको होइन भन्न सकिँदैन ।

अल्पविकसित देशहरू, साना टापुहरू विकासशील राष्ट्रहरू र भूपरिवेष्टित विकासोन्मुख देशहरू लगायत विकासोन्मुख देशहरूले ब्रोडब्यान्ड जडानको क्षेत्रमा सामना गर्नुपरेका विशेष चुनौतीहरूको सन्दर्भमा चेतनशील पनि बनेका छन् । यो सबै राष्ट्रको लागि आवश्यक छ । (अधिकारी त्रि.वि आमसञ्चार तथा पत्रकारिता विषयका पिएचडी स्कलर हुन्)

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १५:२८ मा प्रकाशित

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

बिर्सँदै गएको इतिहास, जोगाउनुपर्ने गणतन्त्र

हरेक वर्ष ज्येष्ठ १५ गतेको सुनौलो बिहानीसँगै नेपाली जनताको स्मृतिमा...

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

परम्परा, राजनीति र अर्थतन्त्रको विडम्बनामा नेपाल

१. पृष्ठभूमि नेपाली समाज र यसको अर्थतन्त्रमा देखिएको विडम्बना वा...