back

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

वि.सं.२०८१ कात्तिक १४ बुधवार

201 

shares

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ । केही तरकारी क्यारी बनाएर रोपिएका छन् ।

केही तरकारी परिसर छेउमै बनाइएको पोलिहाउसभित्र रोपिएका छन् । उन्नत बढी मह उत्पादन गर्ने एपिस मेलिफेरा जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ ।

नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य गर्दै आएका छन् । व्यावसायिक तरकारीखेती गर्न आउने किसानलाई बारीमै लगेर खेती गर्ने तरिका सिकाउनका लागि करेसाबारी तयार गरिएको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए ।

“करेसाबारीसँगै पोलिहाउसमा उन्नत जातका तरकारीका बिरुवा रोपिएका छन”, उनले भने, “किसानलाई उन्नत जातको बीउ छनोट गर्ने तरिका, उन्नत बीउको प्रयोग गरे कुन तरिकाले बढी उत्पादन लिन सकिन्छ भन्ने कुरा बारीमै लगेर सिकाउँछौँ, त्यसैका लागि यो बारी तयार गरेका छौँ ।” पोलिहाउसभित्र कसरी तरकारीखेती गर्ने भन्नेबारे पनि किसानलाई सिकाउने कार्य हुँदै आएको उनकोे भनाइ छ ।

रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भई दीर्घकालीन रोग देखापर्न थालेको उल्लेख गर्दै शाखा प्रमुख धामीले जैविक विधिको प्रयोग गरी मल तयार गर्नका लागि गड्यौँलापालन कसरी गर्ने, त्यसबाट उत्पादित मल खेतबारीमा कसरी हाल्ने भन्नेबारे किसानलाई जानकारी दिने गरेको बताए ।

मेलिफेरालाई उन्नत जातको मौरीका रुपमा चिनिन्छ । यस मौरीको एक घारबाट वर्षमा ६० किलो बढी मह उत्पादन गर्न सकिन्छ । मौरीपालनमा लागेका किसानलाई उन्नत जातको मौरीपालन गरी बढी आम्दानी लिन सकिन्छ भन्ने जानकारी दिनका लागि घार राखेर मौरीपालन गरिएको शाखा प्रमुख धामीको भनाइ रहेको छ ।

कार्यालय परिसरमा बनाइएको बारी किसानको आकर्षणको केन्द्र बनेको छ । बारीको अवलोकनका लागि दैनिक कृषि विषय पढ्ने विद्यार्थीसँगै किसान अवलोकनका लागि पुग्ने गरेका छन् । किसानलाई सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष रुपमा अवलोकन गराइने गरिएको छ ।

 

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:११ मा प्रकाशित

GLOBAL IME AD
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा (कतार) । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका...

दार्चुलामा दुर्घटना अपडेट : सात जनाको मृत्यु, मृतकमध्ये छ जनाको पहिचान खुल्यो

दार्चुलामा दुर्घटना अपडेट : सात जनाको मृत्यु, मृतकमध्ये छ जनाको पहिचान खुल्यो

खलङ्गा (दार्चुला) । दार्चुलामा जीप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा...

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने विभागको निर्णय

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने विभागको निर्णय

काठमाडौं । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव...

दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु , छ जना घाइते

दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु , छ जना घाइते

बैतडी । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु...

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत नेपालमा

काठमाडौ । संयुक्त राज्य अमेरिकाका युवा मामिलासम्बन्धी विशेष दूत एबी...

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

चिनियाँ महासङ्घको टोलीद्वारा भक्तपुर अवलोकन

भक्तपुर । प्रवासमा बसेर चीन फर्किएका प्रवासी चिनियाँ महासङ्घको प्रतिनिधिमण्डलले...