back
CTIZAN AD

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

वि.सं.२०८१ कात्तिक १४ बुधवार

558 

shares

काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरङ्कुश शासनकाविरुद्ध तथा स्थापनाका लागि साहित्य सिर्जना गरी जनता माझ जागरण ल्याउन उनले पुर्याएको योगदानको चर्चा गरिएको हो ।

‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर उद्यानमा आयोजित छैठौँ स्मृतिसभामा मानवअधिकार, शान्ति, मातृभाषा तथा साहित्यकारकारुपमा योगदानको स्मरण गर्दै उनप्रति श्रद्धाञ्जलि अर्पण गरियो । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बहुआयामिक व्यक्तित्वका धनी पद्मरत्न साहित्यकार, प्रहसन, हाँस्य व्यङ्ग्यकार तथा जनप्रिय नेताका रुपमा स्थापित रहनुभएको बताए ।

उनले भने, “हाम्रो अत्यन्तै आदरणीय मित्र पद्मरत्नजी कला, संस्कृति, साहित्य र राजनीति आन्दोलनका क्षेत्रबाट बोलेर वा लेखेर प्रस्तुत गर्नुभएका राम्रा र सही विचार हामी सबै मिलेर अघि बढाउनुपर्छ ।” आन्दोलन र जेलमा मात्र होइन मन्त्री र विभिन्न मोर्चामा रही सहकार्य गरेको घटना सुनाउँदै प्रधानमन्त्री ओलीले आन्दोलनलाई सफलतामा पु¥याउने र विटमार्ने सम्मको यात्राको सहकार्य गरेको नेपाली राजनीतिज्ञ तथा अग्रज व्यक्तिका रुपमा पद्मरत्न रहेका छन् ।

त्यसअवसरमा तुलाधरकी छोरी सुम्निमा तुलाधरले पद्मरत्न आफना पिता मात्र नभइ नेपाली जनताको मुक्तिका निम्ति अग्रसर नेताकारुपमा रहेका स्मरण गरे । पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डा केशवमान शाक्यले प्रजातन्त्रको पुनःबहालीको जनआन्दोलनमा प्रजातान्त्रिक र वामपन्थी शक्तिलाई एउटै मोर्चामा रहन उनले गरेको योगदानको स्मरण गरे ।

नेपाल भाषाको साहित्य लेखनमा नाटक र प्रहसन विधामा विशिष्ट योगदान पु¥याउनुभएका तुलाधर नेपाल जनजाती महासङ्घका सभापतिसमेत रहेका थिए । दश वर्ष माओवादी सशस्त्र द्वन्दका बखत माओवादीलाई शान्ति वार्तामा ल्याउन सहजकर्ताका भूमिका खेल्नुभएका तुलाधरको २०७५ कात्तिक १८ गते निधन भएको थियो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका उहाँको जन्म १९९७ माघ २९ गते काठमाडौँमा भएको हो । त्यस अवसरमा नेपाली साहित्यका धरोहर साहित्यकार कवी दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:२४ मा प्रकाशित

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...