back
CTIZAN AD

जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध छ : मन्त्री ठकुरी

वि.सं.२०८१ कात्तिक १५ बिहीवार

591 

shares

काठमाडौं । वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उनले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र सङ्कटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराए ।

‘दिगो वित्त, वित्तीय प्रणाली सुधार र जैविक विविधताप्रतिको विश्वव्यापी जिम्मेवारी’ विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री शाहीले भने,“नेपालले पृथ्वीको केवल ०.१ प्रतिशत क्षेत्र समेटेको भए पनि नेपाल विश्वको २.७ प्रतिशत जैविक विविधताको घर हो । जसले यसलाई जैविक विविधतामा ४९औँ स्थानमा राख्छ । यी उपलब्धिहरू विशेष गरी महिला, आदिवासी जनजाति र स्थानीय समुदायको सहकार्यको परिणाम हुन्, उनीहरुको योगदान र बेहोरेको लागतलाई कम आकलन गर्नुहुँदैन ।”

समुदाय–आधारित संरक्षण दृष्टिकोणमार्फत, नेपालले जैविक विविधता संरक्षणको लागि प्रतिवर्ष १५२ मिलियन अमेरिकी जुटाएको जानकारी दिए । “तर, यो हाम्रो जैविक विविधता दृष्टिकोणको उद्देश्य प्राप्त गर्न पर्याप्त छैन । हामी प्रतिवर्ष ८० मिलियन अमेरिकी डलरको वित्तीय अभावको सामना गरिरहेका छौँ । यो अभाव मेट्न हामी विभिन्न दिगो वित्तीय संयन्त्रहरू कार्यान्वयन गरिरहेका छौँ, मन्त्री शाहीले उल्लेख गरे ।

सन् २०२५ सम्म जैविक विविधता संरक्षणका लागि प्रतिवर्ष २० अर्ब अमेरिकी डलर उपलब्ध गराउने विश्व समुदायको प्रतिबद्धताको प्रशंसा गर्दै उनले त्यो प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिए । साथै उनले जैविक विविधता संरक्षणका योजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताए ।

राष्ट्रसङ्घीय उक्त सम्मेलनमा सहभागी एक सय ९० देशका प्रतिनिधिले जैविक विविधता संरक्षणसम्बन्धी अभिसन्धिमा हस्तारक्षर गरेका थिए । हरेक दुई वर्षमा यो सम्मेलन हुँदै आएको छ ।

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १०:५६ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...