back
CTIZAN AD

पाकिस्तानको लाहोरमा प्रदूषण बढेपछि एकसाताको लागि विद्यालय बन्द

वि.सं.२०८१ कात्तिक १९ सोमवार

717 

shares
लाहोर ।  पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरले लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारी अधिकारीले आइतबार बताएका छन् ।
एक करोड ४० लाख जनसङ्ख्या भएको यो सहर डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकिएको छ ।
प्रदूषकको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्क, शनिबार एक हजार भन्दा बढी अर्थात् ‘खतरनाक’ मानिएको ३०० को स्तर भन्दा धेरै माथि पुगेको आईक्यू एयरको तथ्याङ्कले देखाएको छ ।
पञ्जाब सरकारले पनि आइतबार वायु गुणस्तर सूचकाङ्क शनिबार एक हजार भन्दा बढी पुगेको जनाएको छ ।
“आगामी ६ दिनको मौसम पूर्वानुमानले हावाको ढाँचा उस्तै रहने देखाएको छ। त्यसैले हामी लाहोरका सबै सरकारी र निजी प्राथमिक विद्यालय एक हप्ताका लागि बन्द गर्दैछौं,” लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीलाई बताए ।
स्थानीय सरकारको निर्णयमा सोमबारदेखि शनिबारसम्म एक हप्ताका लागि बन्द रहने छन् । निर्णयअनुसार १० वर्षको उमेरसम्मका बच्चाहरूको लागि ‘सबै कक्षाहरू’ सार्वजनिक, निजी र विशेष शिक्षा चल्ने छैनन् ।
निर्णयमा विद्यालय बन्द गर्ने वा बन्द नबढाउने भन्ने विषयमा आगामी शनिबार पुनः अवस्थाको समीक्षा गरिने उल्लेख छ ।
पञ्जाबका वरिष्ठ मन्त्री मरियम औरङगजेबले आइतबा
र आयोजित पत्रकार सम्मेलनमा भने, “हामीले माथिल्ला कक्षाका बालबालिकाको स्वास्थ्यमा पनि नजर राखेका छौं। यो धुवाँ बालबालिकाका लागि निकै हानिकारक हुन्छ । विद्यालयमा मास्क अनिवार्य गर्नुपर्छ।”
उनले अस्पतालहरूमा प्रदुषणबाट प्रभावितहरूको उपचारलाई ध्यान दिँदै छुट्टै काउन्टर स्थापना गरिएको जानकारी दिए ।
डब्लूएचओका अनुसार विषाक्त हावामा सास फेर्दा स्वास्थ्यमा घातक असर पर्छ वा लामो समयसम्म सम्पर्कमा रहँदा स्ट्रोक, मुटुरोग, फोक्सोको क्यान्सर र श्वासप्रश्वाससम्बन्धी रोग लाग्न सक्छ । एएफपी

वि.सं.२०८१ कात्तिक १९ सोमवार ०७:५१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...