अमेरिका । संयुक्त राज्य अमेरिकाको न्युयोर्क स्टेटमा युनाटेड किरात राई अर्गनाइजेशन अफ अमेरीका (युक्रा) न्युयोर्क च्याप्टरद्वारा आयोजित बलिहाङ चाडको अवसरमा देउसी–भैलो २०८१ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
युक्रा न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको च्याप्टर महासचिव बिके (सन्तोस) राईले कार्यक्रम सन्चालन गरेका थिए ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई च्याप्टरकै बरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत भाषण, जनजाति महासंघ नेपालीको पूर्वउपाध्यक्ष तथा जनजाति महासंघ अमेरिका (फिप्नाको) वर्तमान सल्लाहकार डण्डु ढ्योक्पा शेर्पाको प्रमूख आतिथ्यता रहेको थियो ।
नेपालीहरूको महान चाड मध्ये तिहार अर्थात बलिहाङ चाडमा सामान्यतया लक्ष्मिपूजाको दिनबाट देउसी–भैलो सुरू गरिने प्रचलन छ । अमेरिका बस्ने नेपालीहरूले भने व्यस्त जीवनशैलीका कारण क्यालेन्डर भन्दा केही दिन अगाडि नै उपयुक्त समय मिलाएर जुनसुकै चाडपर्व पनि मनाउने चलन रहेको छ ।
यसै अनुरूप यस वर्षको देउसी–भैलो पनि लक्ष्मीपूजा भन्दा अगाडि मानिएको अध्यक्ष ममता खालिङ राईले बताईन् ।
उक्त कार्यक्रममा विशेष अतिथीको रुपमा युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ राई र मेयर कार्यालयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघुनन्दन (सुखरानी) थिए ।
यसैगरी अतिथीहरुमा जनजाति महासंघ अमेरिका (फिप्ना) का वरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङ, एनआरएनए न्युयोर्क च्याप्टर कार्यबाहक अध्यक्ष छिरिङ शेर्पा, ईन्टरनेश्नल मार्शल आर्ट्स् एशोसियसनका संचालक तथा अन्तरर्राष्ट्रिय कराते निर्णायक पर्खी खालिङ राई, वरिष्ठ नृत्य निर्देशक गोविन्द राई, युक्रा केन्द्रिय उपाध्यक्ष केशवराम राई, युक्रा केन्द्रिय बोर्ड सदस्य गरचा किरात, नेपाली कलाकार संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष बिमल डाँगी, कुइन्स् कम्युनिटी बोरिड–३ का सदस्य तथा मानोरिटी इम्पावरमेन्ट नेटवर्कको अध्यक्ष श्याम कार्की कुइन्स काउन्टी डिस्ट्रिकट लिडर तथा कुईन्स कम्युनिटी बोर्ड–२ का सदस्य छेमाङ लामा, कुईन्स काउन्टी डिस्ट्रिक्ट लिडर विष्णु राना मगर, शेर्पा किदुकका महासचिव साङदोर्जे शेर्पा, पत्रकार जस कुमार राई, पत्रकार सम्राट कार्की, किरात राई यायोक्खा जापानका निवर्तमान अध्यक्ष बिनोद राई र जनजातिको महासंघ अमेरिकाका महासचिव नारद राई थिए ।
कार्यक्रममा प्रमूख अतिथि, विशेष अतिथि एवम अतिथिहरूले बलिहाङ चाडको शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्य दिदैं फिप्नाका बरिष्ठ उपाध्यक्ष तुल बहादुर तमाङले तिहारमा मनाईने देउसी–भैलो जनजातिको राजा बलिहाङ राजाको पालादेखी मनाउने प्रचलनमा आएको बताए । शुभकामना मन्तव्यकै क्रममा युक्रा केन्द्रिय अध्यक्ष जय थुलुङले बलिहाङ चाडको बारेमा प्रष्ट पारेका थिए भने अमेरिकामा युक्राको पाँचवटा च्याप्टर सबैले बलिहाङ चाड देउसी–भैलो कार्यक्रम आयोजना गर्ने जानकारी गराए।
त्यसैगरी युक्रा केन्द्रीय उपाध्यक्ष केशवराम राईले न्युयोर्क च्यप्टरमा यसपटकको बलिहाङ चाड भव्य र पहिले भन्दा रमाईलो र हर्षोल्लासका साथ मनाईएको भनाई व्यक्त गरे ।
प्रमूख अतिथी डोण्डु ढ्योक्प्या शेर्पाले बलिहाङको शुभकामना मन्तव्य दिदैं मेयर कार्यलयकी दक्षिण एशियाली समुदाय सम्पर्क (इकाई) पत्रिसिया रघुनन्दन (सुखरानी) मार्फत न्युयोर्क सिटी मेयर एरिक एड्मस्द्वारा चुनावी अभियानमा नेपाली समूदायलाई जुनसुकै कार्यक्रम गर्नको लागी सुविधायुक्त भवन बनाईदिने भनिएको प्रतिबद्दता पूरा गराउन अनुरोध गरे ।
औपचारिक कार्यक्रमको समापन गर्दै सभाध्यक्ष ममता खालिङ राईले कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद दिदैं युक्रा न्युयोर्क च्याप्टरका कार्य समितिको कठोर सक्रियता र सदस्यहरूको सहयोगको कारण यस पटकको बलिहाङ चाड पहिले भन्दा पृथक तथा रमाईलोका सम्पन्न भएको बताइन् ।
शुभकामना कार्यक्रम सकिए लगत्तै देउसी–भैलो सुरू गरिएको थियो । उक्त देउसी–भैलोमा युक्रा केन्द्रिय अध्यक्ष जय थुलुङ, लोकप्रिय गायक बिमल डाँगी तथा स्थानिय कलाकार यशोदा राईले रमाईलो तथा आकर्षक शैलीमा देउसी भट्याएर भरपुर मनोरन्जन प्रदान गरेका थिए।
वि.सं.२०८१ कात्तिक २१ बुधवार १६:४२ मा प्रकाशित
































