back
CTIZAN AD

अनेसास अफ्रिकाको अध्यक्षमा कृष्णदत्त भट्ट

वि.सं.२०८१ कात्तिक २१ बुधवार

1.3K 

shares

नैरोबी,केन्या । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले नयाँ कार्यसमिति गठन गरी ११६ औं महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती भब्यताका साथ मनाएको छ ।

देवकोटा जयन्तीको कार्यक्रम आयोजना गर्नु अघि सम्पन्न दोश्रो वार्षिक साधारणसभाले कृष्णदत्त भट्ट, केन्यालाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको थियो ।

त्यसैगरी उपाध्यक्षमा तान्जानियाका पासाङ्ग शेर्पा गोपर्मा, महासचिवमा रुवान्डाकी चन्द्रकला आचार्य, सचिवमा सागर भण्डारी (केन्या), कोषाध्यक्षमा तिर्सना कोइराला (रुवान्डा) र सदस्यहरुमा रामचन्द्र राई (सेसेल्स), गंगा बस्याल (केन्या), भरत रिजाल (नाइजेरिया) र महेन्द्र भट्टराई (सेसेल्स) छन् ।

त्यसपछि जुममार्फत आयोजित ११६ औं महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती समारोहमा प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठले अफ्रिकामा पनि देवकोटा जयन्ती मनाउनु भनेको नेपाली भाषा साहित्यको बिश्वब्यापीकरण भएको गर्वलाग्दो सुचक रहेको बताए ।
उनले अनेसासलाई महाकवी देवकोटाका मुनामदन लगायतका कृतिहरुलाई अङ्ग्रेजी लगायत बिदेशी अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्न अनुरोध गरे । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्लेले अफ्रिका च्याप्टरले स्थापनाको छोटो समयमा नै किलिमन्जारो प्रकाशन लगायत नेपाली साहित्यका बिबिध गतिबिधिं अफ्रिकामा सक्रियता साथ निरन्तर गर्नु गौरवको बिषय भएको बताए ।

कार्यक्रममा अतिथि साहित्यकारहरु क्रमशः टीका आत्रेय, बिटु के. सी., एन. बि. अन्जान, विमल बैद्य, रेणुका भट्टराई तथा अनेसास केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा, केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा अनेसास अफ्रिका महादेशीय च्याप्टरका कार्यसमिति पदाधिकारीहरु तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ, विशिष्ट अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले तथा अतिथिहरु क्रमशः टीका आत्रेय, बिटु के सि, एन बि अन्जान, बिमल वैद्य, रेनुका भट्टराई तथा केन्द्रीय बरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, केन्द्रीय सल्लाहकार हिक्मत थापा, केन्द्रीय उपाध्यक्ष गणेश खड्का तथा कार्यसमितिका सदस्य गंगा बस्यालले रचना वाचन गर्दै महाकवि लक्ष्मी प्रसाद देवकोटाले साहित्यिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको स्मरण गरेका थिए ।

कार्यक्रममा अनेसास अफ्रिका महादेशीय च्याप्टरका सदस्य रामचन्द्र राईले अतिथिहरुलाई स्वागत मन्तव्य दिँदै उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने महासचिव चन्द्रा आचार्यले कार्यक्रमको संचालन गरेकी थिइन् ।

कार्यक्रमका सभापति अनेसास अफ्रिका महादेशिय च्याप्टरका नवनिर्वाचित अध्यक्ष कृष्ण दत्त भट्टले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनु हुने उपस्थित सम्पुर्ण अतिथीहरु लगायत सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

वि.सं.२०८१ कात्तिक २१ बुधवार १६:५८ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...