back

मुक्तक

वि.सं.२०८१ कात्तिक २४ शनिवार

357 

shares

निर्मलरमण पराजुली
सामाखुशी, काठमाण्डौ

१.
पैँचो जस्तै सम्मान अनि, पुरस्कारको लेनदेन गर्छाै
फेसबुक भित्र प्रमाणपत्र, राखि आफैँ दङ्ग पर्छाै
छातीमा हात राखेर भन त, साहित्यको पुजारी हौ भने
किन कलममा बिस्वास नगरी, चाकरीमा अगि सर्छौ

२.
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल, पहाड र तराई छुट्याइ, तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन, वर्ग जातको पछि लाग्दै
सदभाव बोक्ने छाती भित्र, साँच्चै खाडल खन्न थाले

३.
यहाँ नारीको कारण शोषित, हुने पुरुष कति छन् कति
मनको पीडा आँसु बगाई, धुने पुरुष कति छन् कति
नामर्द भन्लान् भन्ने डरले, कठै आफ्नै हृदय जलाएर
भित्र भित्रै व्यथा लुकाई, रुने पुरुष कति छन् कति

४.
मान्छेले मान्छेलाई विभेद गर्छ, जातको बिल्ला भिराएर
आफ्नो जातलाई उच्च ठान्छ, अर्काको जात गिराएर
एक्काइसौँ शताब्दिमा पनि, छुवाछुतमै अल्झिरा’छौं
कहिले बन्ला सुन्दर समाज ?, यसैगरी बाटो बिराएर

५.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
बिचारको शक्तिले संसार, बदल्न त्यस्तो कवि चाहिन्छ
छन् समाजमा धेरै छन्, कुरीति कुसंस्कार कुबिचारहरू
बदल्नु छ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ

 

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१७ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...