back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ कात्तिक २४ शनिवार

2K 

shares

निर्मलरमण पराजुली
सामाखुशी, काठमाण्डौ

१.
पैँचो जस्तै सम्मान अनि, पुरस्कारको लेनदेन गर्छाै
फेसबुक भित्र प्रमाणपत्र, राखि आफैँ दङ्ग पर्छाै
छातीमा हात राखेर भन त, साहित्यको पुजारी हौ भने
किन कलममा बिस्वास नगरी, चाकरीमा अगि सर्छौ

२.
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल, पहाड र तराई छुट्याइ, तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन, वर्ग जातको पछि लाग्दै
सदभाव बोक्ने छाती भित्र, साँच्चै खाडल खन्न थाले

३.
यहाँ नारीको कारण शोषित, हुने पुरुष कति छन् कति
मनको पीडा आँसु बगाई, धुने पुरुष कति छन् कति
नामर्द भन्लान् भन्ने डरले, कठै आफ्नै हृदय जलाएर
भित्र भित्रै व्यथा लुकाई, रुने पुरुष कति छन् कति

४.
मान्छेले मान्छेलाई विभेद गर्छ, जातको बिल्ला भिराएर
आफ्नो जातलाई उच्च ठान्छ, अर्काको जात गिराएर
एक्काइसौँ शताब्दिमा पनि, छुवाछुतमै अल्झिरा’छौं
कहिले बन्ला सुन्दर समाज ?, यसैगरी बाटो बिराएर

५.
कालो रात हट्न जसरी, त्यो उज्यालो रवि चाहिन्छ
बिचारको शक्तिले संसार, बदल्न त्यस्तो कवि चाहिन्छ
छन् समाजमा धेरै छन्, कुरीति कुसंस्कार कुबिचारहरू
बदल्नु छ यो समाज भने, मान्छेमा स्वच्छ छवि चाहिन्छ

 

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...