back

मुक्तक

वि.सं.२०८१ कात्तिक २४ शनिवार

315 

shares

सुनिल अधिकारी, काठमाडौं

१.
आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्
अमान्छे हुन् ती जो धर्म जातीको कुरा गर्छन्
मुखमा राम अनि मनमा हराम राख्ने मान्छेहरू
सङ्कुचित मन लिएर चौडा छातीको कुरा गर्छन् ।

२.
कसलाई के थाहा, के लेख्यो भावीले यो शिरमा
मसानमा उम्रेको फूल पनि चढेकै छ मन्दिरमा
भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन्
पौरखमा रम्ने हात कहाँ बाँधिएको छ जञ्जीरमा ।

३.
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छू
आवाद बस्तिको मात्रै होइन, पर्तीको कुरा गर्छू
आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन
माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छू ।

४.
मायामा मिलन हुनैपर्छ भन्ने लिखत कतै पाइन्न
मायामा धोका दिन्छु भनेर कसम पनि त खाइन्न
मायाको आधारमा सम्झौता होला त्यो बेग्लै कुरा
तर सम्झौताकै आधारमा पनि कतै माया लाइन्न ।

५.
यावत् दुःखहरू भोगेरै मान्छे जोकोही खारिएको हुन्छ
कुन्दन बन्दछ सुन, आगोमा परेरै निखारिएको हुन्छ
जन्मँदै बुद्धत्व लिएर आएको हुँदैन यहाँ कसैले पनि
काँडा होइन जीवन, जो जन्मजात तिखारिएको हुन्छ ।

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१८ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...