back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ कात्तिक २४ शनिवार

1.9K 

shares

सुनिल अधिकारी, काठमाडौं

१.
आफ्नो दुनो सोझ्याउन नानाभाँतीको कुरा गर्छन्
अमान्छे हुन् ती जो धर्म जातीको कुरा गर्छन्
मुखमा राम अनि मनमा हराम राख्ने मान्छेहरू
सङ्कुचित मन लिएर चौडा छातीको कुरा गर्छन् ।

२.
कसलाई के थाहा, के लेख्यो भावीले यो शिरमा
मसानमा उम्रेको फूल पनि चढेकै छ मन्दिरमा
भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन्
पौरखमा रम्ने हात कहाँ बाँधिएको छ जञ्जीरमा ।

३.
विगतका अनुभवलाई टेकेर अर्तिको कुरा गर्छू
आवाद बस्तिको मात्रै होइन, पर्तीको कुरा गर्छू
आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन
माटोमा रमाउँछु, त्यसैले त धर्तीको कुरा गर्छू ।

४.
मायामा मिलन हुनैपर्छ भन्ने लिखत कतै पाइन्न
मायामा धोका दिन्छु भनेर कसम पनि त खाइन्न
मायाको आधारमा सम्झौता होला त्यो बेग्लै कुरा
तर सम्झौताकै आधारमा पनि कतै माया लाइन्न ।

५.
यावत् दुःखहरू भोगेरै मान्छे जोकोही खारिएको हुन्छ
कुन्दन बन्दछ सुन, आगोमा परेरै निखारिएको हुन्छ
जन्मँदै बुद्धत्व लिएर आएको हुँदैन यहाँ कसैले पनि
काँडा होइन जीवन, जो जन्मजात तिखारिएको हुन्छ ।

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१८ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...