back
CTIZAN AD

लघुकथा: गिद्धे नजर

वि.सं.२०८१ कात्तिक २४ शनिवार

1.4K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर, थिमी

शिक्षक –।कोठामा दुई शिक्षिकाहरू गफमा व्यस्त थिए । एकले अर्कीलाई गुनासो पोखिरहेकी थिइन्– ‘हेर्नुस् न मेडम त्यो प्रिन्सिपलले जहिले पनि मेरो छातीमा गिद्धे नजर लगाइ रहन्छ ।’

अचानक मेरो प्रवेशले उनीहरूको चुप भइ एक अर्काको मुख हेर्न थाले ।

‘के हो मेडमहरू म आउने बित्तिकै चुप हुनु भयो कतै मेरो कुरा काट्नु भएको त हैन ?’, कुर्सीमा बस्दै मैले मौन स्थितिलाई चिर्ने कोसिस गरें ।

दुबैको अनुहार अलि रातोपिरो भयो । मैले थप दबाब दिन चाहिन । स्कुलको घण्टीले अर्को कक्षामा जाने निर्देश गर्यो । म उठ्नै लाग्दा एक शिक्षिकाको बोली फुट्यो , ‘सर एउटा कुरा सोधुँ है ?’

मैले हुन्छ भन्ने भावमा टाउको हल्लाएँ ।

‘सर ! यदि तपाईंको अगाडि एउटी युवती देखा परिन् भने तपाईंको पहिलो नजर केमा पर्छ ?’, साहसका साथ प्रश्न तेर्साईन् ।

नसोचिएको प्रश्नले म आवक थिएँ । मैले कुरा बुझिसकेको थिएँ , ‘यसै भन्न सकिन्न । त्यो त परिस्थितिमा भर पर्छ मेडम । कपाल लामो भएमा कपालमा नजर पर्छ । यदि खोल्चाउँदै हिंडेकी भए खुट्टामा पर्छ । अटपटिदोँ शृङ्गार गरेमा मुहारमा । शारीरिक बनोट अनुसार शरीरको जुन भाग नमिल्दो छ, त्यसैमा पर्छ ।’,सहजरुपमा उत्तर दिदैँ म पढाउन कक्षाकोठा तिर लागे । तर मेरो मष्तिस्कमा भने पातलो शरिरमा सामान्यता भन्दा अलि ठूलो र पोटिलो आकृति सलबलाइ रहेको थियो ।

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:२० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...