back
CTIZAN AD

महामारीजन्य रोग नियन्त्रण तथा अनुगमनमा स्वास्थ्य कार्यालयको कमजोरी

वि.सं.२०८१ कात्तिक २६ सोमवार

624 

shares

भक्तपुर । यहाँस्थित जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाका स्वास्थ्य संस्था र महामारीजन्य रोगको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक नगरेको पाइएको छ । कार्यालयले यस्ता तथ्याङ्क सङ्कलन, अनुगमनदेखि महामारी रोकथामका काम गर्नुपर्नेमा उक्त गतिविधि नगरेको पाइएको हो ।

कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा परेको जनाएको छ । तर जोखिमको अवस्था, बिरामीको सङ्ख्या, रोकथामबारे प्रश्न गर्दा भने जवाफ प्राप्त हुन सकेन ।

जिल्ला जनस्वास्थ्य प्रमुख शान्तिराम खतिवडाले पत्रकार सम्मेलनमा सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा परीक्षण नै नगर्ने डेङ्गीका बिरामी धेरै रहेको अनुमान गरे । उहाँले कतिपयले निजी अस्पताल एवं क्लिनिकमा डेङ्गी परीक्षण गर्नेहरुको तथ्याङ्क मात्रै कार्यालयसँग रहेको र अन्य तथ्याङ्क कार्यालयसँग नरहेको बताए ।

उनले भने, “समुदायको लापरबाहीले डेङ्गीको जोखिम बढेको छ, समुदायले आफ्नो टोल सफा राख्न सकेन, महामारी फैलियो ।” प्रमुख खतिवडाले लामखुट्टे नियन्त्रण प्रभावकारी नहुँदा रोग नियन्त्रणमा नआएको बताए ।

उनले डेङ्गी किटको शुल्क बढी लिएर परीक्षण गर्ने स्वास्थ्य सस्ंथाले जनस्वास्थ्य कार्यालयसँग तथ्याङ्क लुकाउन खोज्दा सङ्क्रमितको यथार्थ तथ्याङ्क प्राप्त नभएको बताए । पत्रकार सम्मेलनमा भक्तपुर डेङ्गीको उच्च जोखिममा रहेको तर यसबारे कार्यालयले जानकारी लिन नसकेको कार्यालयका अधिकृत दीपक अच्छामीले बताए ।

उनल भने, “जिल्लाका चार वटा नगरपालिकामध्ये भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा डेङगीकोे उच्च जोखिम छ, भक्तपुरमा हालसम्म एक हजार सात सय २९ जनामा डेङ्गी देखिएको जानकारी कार्यालयलाई आएको छ तर त्यसको तेब्बर व्यक्ति सङ्क्रमित रहेको अनुमान छ ।”

सरकारी अस्पतालबाट प्राप्त तथ्याङ्कअनुसार भक्तपुर नगरपालिकामा सात सय ८२, मध्यपुरथिमिमा चार सय ७७, सूर्यविनायकमा दुई सय ५५ र चाँगुनारायणमा ६९ जना डेङ्गी सङ्क्रमित छन् । तर यो तथ्याङ्क वास्तविक नभएको कार्यालयका अधिकृत अछामीको भनाइ छ ।

 

वि.सं.२०८१ कात्तिक २६ सोमवार १८:०२ मा प्रकाशित

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...