यात्रा भनेको केवल गन्तव्यमा पुग्ने कार्य मात्र होइन, यो हाम्रो शारीरिक, मानसिक र आत्मसन्तुष्टिको लागि एउटा महत्त्वपूर्ण यात्रा हो। अन्नपूर्ण हिमालको सुन्दरता सालिनता भव्यता र प्रकृतिको अनमोल सौन्दर्यलाई अनुभव गर्नका लागि हामीले २०८१ सालको कात्तिक महिनामा ६ जनासाथीहरूसँग एक साहसिक यात्रा गर्ने निर्णय गरियो। पोखराबाट सुरु भएको हाम्रो यात्रा अन्नपूर्णको आधार शिविर (बेसक्याम्प)सम्म पुग्नको लागि थियो, जहाँ हामीले केवल हिमालको सौन्दर्यलाई नै नभई जीवनका महत्त्वपूर्ण पाठलाई पनि अनुभव लिन थियो । मिति २०८१ कार्तिक २१ गते नै आवश्यक पर्ने सबै सामग्रीको ब्यवस्थापन गरिएको थियो । गाडी स्थानीय पहाडी मार्गमा चल्ने बलेरो ब्यवस्थापन भो । अब हामि जाने बाटो पोखरा देखि म्याग्दी भुरुंग तातोपानी पक्कि सडक १०४ कि.मी. अनि तातोपानीबाट हुम्खोला कठिन कच्ची सडक (जहाँ सानो फोरविल गाडी मात्रै जान्छ) २० किमी रहेको छ । यो यात्रामा अनि बिजुली अनि मोबाइलको ब्यवस्थापान नभएको हुन्नाले बाटोको अबस्था जानकारी लिएर सोहि अनुसारको गाडी तयार गरिएको थियो ।
उकालो र सिँढीहरू पार गर्दै यात्रा चुनौतीपूर्ण थियो, तर निल्गिरी नदीको साथमा हिँड्दा नदीको शान्त आवाजले हाम्रो यात्रा रमाइलो बनायो। जब हामी प्राकृतिक सौन्दर्यसँग रमाउदै हिँडिरहेका थियौं, अब हामीलाई यो स्पष्ट भयो कि यात्रा केवल गन्तव्यसम्म पुग्नको लागि होइन । यो त एक अन्वेषण हो, जसले हाम्रो जीवनका भित्रि अर्थलाई उजागर गर्न मद्दत पुर्याउँछ।
हाम्रो यात्रा पोखराबाट बिहान ६ बजे सुरु भएको थियो। ७:३० बजे नयाँ पुलमा पुगेर, हामीले एक कप मिठोकफी पिउँदै यात्रा अघि बढायौं। म्याग्दीको भुरुङ तातोपानीमा गुरुङ होटेलमा स्वादिष्ट खाना खाएपछि, दिउँसो २:३० बजे हुमखोलामा पुग्यौं। हुमखोला २८५६ मिटरको उचाइमा रहेको शान्त र हराभरा स्थान हो। यहाँबाट हाम्रो पैदल यात्रा सुरु भयो, जहाँ बाटहाम्रा चुनौतीहरूको सुरु भयो।
पहिलो चुनौती र प्राकृतिक सौन्दर्य
हामी दिउसो हुमखोला पुगियो । यो ठाउ मा एउटा होटेल रहेछ। त्यो निलगिरी हाइड्रोपावरको ड्याम साइड रहेछ सामुन्द्रिक सतहबाट २८५६ मिटरउचाईमा रहेको योहुमखोलाअनि पारि पट्टि घोरल देखन पाइयो । यो यात्रा हुमखोलासम्म खुब छेपारो देख्न पाइयो अब पैदैल यात्रा सुरु गर्ने गरि २:४५ बजे पैदल यात्रा सुरु गरेका थियौं। उकालो र सिँढीहरू पार गर्दै यात्रा चुनौतीपूर्ण थियो, तर निल्गिरी नदीको साथमा हिँड्दा नदीको शान्त आवाजले हाम्रो यात्रा रमाइलो बनायो। जब हामी प्राकृतिक सौन्दर्यसँग रमाउदै हिँडिरहेका थियौं, अब हामीलाई यो स्पष्ट भयो कि यात्रा केवल गन्तव्यसम्म पुग्नको लागि होइन । यो त एक अन्वेषण हो, जसले हाम्रो जीवनका भित्रि अर्थलाई उजागर गर्न मद्दत पुर्याउँछ।
फुत्फुते झरनास् एक अद्भुत दृश्य
लगभग २:३० घण्टा हिँडेर, हामी फुत्फुते झरनामा पुग्यौं। यस निर्मल झरनाको कलकल आवाज र यसको दृश्यले हाम्रो थकानलाई तुरुन्तै हटाइदियो। यहाँ विश्राम गर्दै, फोटो र भिडियो खिच्दै यस सुन्दर स्थानमा सबै रमायौं। फुत्फुते झरनाले हामीलाई यात्राको थकानबाट मुक्त गरी जीवनका वास्तविक सौन्दर्यहरूको महत्त्वलाई स्मरण गरायो।सायद यो सौन्दर्यता केवल भनेर होइन देखेर मात्र महसुस हुनेछ अब फेरी यात्रा त छदैछ । बाटो कस्तो छ रु कति छ रु आजको बास कस्तो हुनी हो रु मनमा पिर परेको छ साथि हरु सबै उमेर अर्थात् युवा छन् आफु त् उमेरले बुढोमान्छे मत हिडन सकिन।साथि भन्दा अलि पछी परि हाले साथी हरुले त्यो कुरा बुझेछन क्यारे पशु खेदने पछीबाट मान्छे खेद्नेने अगिबाट भने झैँ भो बिकास, सुदिप, बिमल अनि सोमनाथ अगी लागे । म अनि सौरब बिस्तारै बिस्तारै यात्रामा लागियो । करिब सन्धिखर्क पुगियो मनमा आशा छ साथिहरुले त्यहि बास ब्याबस्था गरेका छन जस्तो लागेको थियो यहाँ अगाडीको जानकारी अनुसार धर्मशालामा राम्रो ट्वाइलेट, पानिको व्यबस्था बास बस्न पनि करिब करिब ७ जना मिल्ने अनि राम्रो ब्यबस्था भयको मोवाइल पनि चल्ने राम्रो ठाउ भएकोले मन मनै त्यही बास ब्यबस्था गर्दिए हुन्थियो जस्तो लागेको थियो तर त्यो भएन । हामी साथिहरुसँग सल्लाह गरे अनुसार बेलुका ५ बजे बास बस्ने कुरामा सहमति भएको थियो । हाम्रो एक मन्त्र थियो, ,” त्यो के भने ढिलो भए अबस्य पुगिन्छ छिटो भए भन्न सकिन्न………..”
रातको विश्राम र सहकार्यको महत्त्व
साथीहरु मज्जासँग हिडेछन् । हामीत आसत्तयौ । हामीले अन्नपूर्ण हिमालको बेस क्याम्पमा पुग्नका लागि ४१९० मिटर पुग्नु पर्ने थियो । बाटो पैदल यात्रा झन्डै २० किमीको थियो। साथीहरु अगाडी खुब हिडेछन् । हामीले राखेको बास बस्ने समयको सिमा नाघेर बेलुका ६।३० बुस्केट मेलामा बास बस्न पुगेछन् त्यहाँ १५ जना जति बस्न मिल्ने धर्मशाला रहेछ। हाम्रो टोली ढीलो पुगेकोले धर्मशाला पाईएन छ। आजको रात ढुंगाको ओडारमुनि टेन्टमा ब्यबस्थापन गरि ३४३६ मिटरको उचाइमा रात बिताउने निर्णय गर्रयाैँ र सब कुरा ब्यबस्थापन गरि हामीलाई लिन बिकास अनि सुदिप आए । बाटोमा जाडो पनि भो थकाइ लाग्यो। धेरै हिडेकाेले मनमा खुब रिस उठेको कुरा साथीहरुले कुरा बुझेछन्, आगो बाल्न सुरु गरे । एकछिन आगो बालेर तापेर आनन्द लिइयो।साथीले झोला लगिदिए । रित्तो हिडेको अनुभब पनि लिन पाइयो । राति छ मोबाइलको बत्ति बालेर लाठी टेक्दै झन्डै ८ बजे बास बस्ने ठाउँमा पुगियो । सब तयारी तातोपानी कफी, दुध, चाउचाउको सुप आहा ! कति जोस हो साथीहरुको । कोहि पानि खोज्न कोहि पकाउन तिर लागियो । बिकास, सुदिप र बिमलको फुर्ति त मान्नैपर्ने थियो । म अनि सौरब थकित थियो, दिएको कुरा खाइयो । लुगा खोल्नु परेन । सिलिपिंङ्ग ब्याग अनि टेन्ट भित्र चिसोबाट जोगिन खोज्यौ । यहाँ कुनै बस्ती थिएन, न कुनै सुविधा थियो । तर प्रकृतिको काखमा, खुल्ला आकाश मुनि टेन्ट हालेर रात बिताउँदा आनन्द आयो । यस कठिन यात्रा र चिसो मौसमले हामीलाई एक अर्काको साथ र सहयोगको महत्त्व बुझायो। हामीले आफैलाई जस्तै चुनौतीपूर्ण परिस्थितिमा सहयोग गर्ने शक्तिको अनुभव गरेका थियौं। भोलिको यात्रा बाटो कम तर उचाई बढी अनि आजको थकानले गर्दा कस्तो होला मनमा पिर परेको थियो । उचाईमा निद्रा कम लाग्छ । राति गफ गर्दै गर्दा १०:३० तिर निदाएछु पत्तै भएन । राति १२ बजे बिमलले हात दुख्यो भने लाग्य सायद बहुत दुखेछ खुब आतिए । केहि बेर मालिस गर्दा आनन्द महसुस गरे तर निको भएन । हामीसँग औषधी छदै थियो, एक चक्की खाए पछि बिमल आनन्दसँग निदाए । हामि पनि निदायौ ।
मनमा योजना बन्यो । भोलि बिहानै ५ बजे हिडीहाल्ने, साथीहरु आउदै गर्छन् भन्ने। बाटोको कुनै समस्या भएन । कसैलाई सोध्न परेन किनकी बाटो राम्रो छ । अन्नपूर्ण गाउपालिका र एक्यापले बनाइदिएको छ । मनमा अच्चमको उमंग छ । अन्नपूर्ण देख्न मन छ अनि सामिप्यतासँग रमाउने मन छ । उनको त्यो अनुपन मनोरम मोहित रुपको स्वाद लिने आकाँक्षा त्यतिबेला पुरा हुनेछ समझँदा आनन्दित छु । सबै टोलि हौसिएको छ । घरमा एक कप पनि तताएर नखानेले पनि टोलीको सबै ब्यबस्थापान गरेछन्। जसले आफ्नो ब्यस्थापकीय कुसलता अनि ब्यबस्थापनको जिम्मेवारी कुसलतापुर्बक निर्बाह गरेका छन् । सुदिप अनि विकास साथ छन् । सोमनाथ पकाउने भन्दा टिमको लागे हौसला प्रदान गर्ने रमाइलो गराउने काममाा बिमलको अदभुत क्षमता रहेको कुरा यो यात्राबाट थाहा पाइयो ।
अन्नपूर्णाको चुनौतीपूर्ण बेसक्याम यात्रा
बिहानको ४ बजेको सबै नित्य कर्म गरियो । मिठो दुध तातो कफी अनि कुकिज खाएर म र सौरब अगाडी लागियो। यो सायद आजको हामी पहिलो यात्री थियौ, बाहिर अँध्यारै छ। यद्यपपी मौसम सफा छ । ६बजे उज्ज्यालो देखियो । यता अँध्यारो भए पनि माथि हिमाल वारिपारि घाम लागेको छ । हेर्दा आनन्दको अनुभूति भयो । अन्नपूर्ण हिमालको यात्रा केवल दृश्यात्मक सौन्दर्यमा मात्र सीमित थिएन, यसको कठिनाइ र चुनौतीहरूले पनि यात्रा गर्न चाहनेहरूको साहसलाई परीक्षण गर्यो। यात्रा गर्दा, हामीले महसुस गर्यौं कि शारीरिक र मानसिक दृढता आवश्यक छ। ध्वनिहरूको सन्नाटो, घना हिउँ, र शान्त वातावरणले हाम्रा प्रत्येक कदमलाई अझ चुनौतीपूर्ण बनाएको थियो। यसै क्रममा एउटा सानो गजल रचना गरे
हिमालको काखमा म गाउछु प्रेमको गीतमा,
नदीको चन्चल छालसँगै बहन्छु मसितमा।
हिउँका कणहरूझैँ सफा तिमी, उज्यालोसपनामा,
तिमीमै हराउँछु सधैभर माया प्रेमको जालमा।
आँखाले देख्यो हिमाललाई, मनले देख्यो तिमीलाई,
साह्रै अचम्मको प्रकृतियो,प्रेममा देख्ये तिमीलाई।
चिसो हावालेउडाउँछकिहाम्रो यो मायालाइ,
बिछोडको कथा लेखिन्छ यहाँ धोका दिई जानेलाई ।
यद्यपि, अन्नपूर्णाको दृश्यले सबै प्रकारका कठिनाइलाई पन्छाएर हामीलाई एक नयाँ दृष्टिकोणअनि शक्ति प्रदान गर्यो।
यात्राका तयारी
यो साहसिक यात्रालाई सफल बनाउनका लागि हामीले केही महत्त्वपूर्ण सामग्री व्यवस्थापन गरेका थियौं, जसले हाम्रो यात्रा सहज र सुरक्षित बनायोस् । शारीरिक तयारीस् हिमाली कठिनाइका लागि हाइकिंग र कार्डियो व्यायामले हाम्रो शरीरलाई तयार पारेको थियो।आवश्यक सामग्रीस् थर्मल कपडा, ट्रेकिङ बुट, टेण्ट, स्लीपिंग ब्याग, प्राथमिक उपचार किट, र पौष्टिक खाना बोकेका थियौं।
जीवनको महत्त्वपूर्ण पाठ
यस यात्राले हामीलाई केवल बाह्य प्राकृतिक सौन्दर्यसँग मात्र परिचित गराएको छैन, बरु यसले हाम्रो आन्तरिक यात्रा र जीवनको साँचो उद्देश्यखोजीमा पनि मद्दत पुर्यायो। हाम्रो साहसिक यात्रा केवल एक शारीरिक यात्रा थिएन, यो एउटा आत्मिक, मानसिक, र शारीरिक रूपमा हाम्रो व्यक्तिगत सीमाहरूलाई पार गर्ने चुनौती थियो। अन्नपूर्ण हिमालको शान्त मौनता अनि सुन्दरता र उसको शान्ति हाम्रो जीवनको एक अमूल्य हिस्सा बन्न पुग्यो। आहा ! ‘प्रकृति कि रानी अन्नपुर्ण’ अनि उनको आगन पंचताल । सायद यस्तो मौका थोरै मानिसलाई मात्र मिल्छ । उनको सामिप्यतामा पुगेर हेर्न पाउने यात्रा सहज भो । छिटो हिडने मानिस हुम्होलाबाट एकै दिनमा अर्थात् ११ घण्टा हिडेर पंचताल४०४० मिटरमा पुग्छ । त्यहाँबाट ४५ मिनेटको यात्रामा सजिलोसग बेस क्याम्प पुगिन्छ । ४१९० मिटर उचाईमा पुग्न सकिन्छ । तपाइँ आरामसग जान चाहानु हुन्छ भने यो यात्रा हुम्खोलाबाट ३ दिनको ९हुम्खोलादेखी हुम्खोला सम्म जान आउन० पैदल यात्रा बनाएर जानु भो भने अति रोमान्चक सुखद् हुनेछ । बाटोमा बस्न धर्मशाला पाइन्छ। यात्रुहरुले फर्किदा आफूसँग बाँकी भएको खाने कुरा त्यहा रहेका धर्मशालामा छाडिदिन्छन्।धेरै सामान बोकेर जान पर्दैन । आफूलार्इ अति आवश्यक पर्ने कुरा सकेसम्म सुप, थर्मस, केहि औषधी, अदुवा, लसुन, पन्जा, लट्ठी, सिलिपिंग ब्याग, टेन्ट, पोट्रेबल टेबल ग्यास, म्याट लाइट जस्ता कुरा अनिवार्य लानु पर्दछ । धरै ठुलो क्यामरा बोक्नु भन्दा राम्रो मोवाइलको ब्याक अप लियर जाँदा सहज हुन्छ । हतारमा होइन आनदसँग हिड्यौ भने अबस्य पनि तपाइको यात्रा सफल हुनेछ ।
हामीले आफूलाई भाग्यमानि मानियो । पंचतालमा टुंगा (Red Baffled Cough) नामक चरा देखियो । यो चरा जाडोमा २१०० मिटर माथि बस्छ भने गर्मिमा ५००० मिटर माथि बस्ने गर्छ हामीले हिउपहिरो देखन पाइयो बाटोमा घोरल देख्नन पाइयो । हामी फर्किदै थियौ, कुहिरो देखिन थाल्यो।
हामीले पैदल यात्रा जाँदा हुमखोलाबाट बेसक्याम्प १२ घण्टामा पुगियो । फर्किदा ७ घण्टामा हुमखोला झरियो।हाम्रो यात्रा अब अन्तिम तर्फ आउदै थियो । हामी हुमखोलाबाट तातोपानी तर्फ झरियो अनि तातोपानी कुण्डमा नुहाएर पोखरा फर्कियो । यात्रा सकियो तपाइँ पनि फुर्सद मिलाएर जाने कि प्रकृतिकी रानी हेर्न ?
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार १४:०५ मा प्रकाशित






























