back
CTIZAN AD

ट्रम्प सरकार र गाँजाको भविष्य

वि.सं.२०८१ मंसिर ४ मंगलवार

2.6K 

shares

आजको मिति सम्म क्यानाबिसको औषधीय मूल्यबारे विश्वभर हजारौँ अनुसन्धानहरू भए।अध्ययनहरूको निचोडले भन्दछ कि क्यानाबिसका यौगिकहरू टेट्राहाइड्रो- क्यानाबिनोल (THC) र क्यानाबिडिओल (CBD) मा औषधीय गुणहरू छन्। THC ले दुखाइ कम गर्ने, भोक बढाउने, र वाकवाकी नियन्त्रण गर्ने गर्दछ। CBD एन्टिइन्फ्लेमेटरी, एन्टि-आक्सिडेन्ट, र एन्टिएनजाइटिको ओखती हुने गर्दछ।

क्यानाबिसका यौगिकहरू मुख्य गरेर एपिलेप्सी, मल्टिपल स्क्लेरोसिस, क्यान्सर, र लामो समय देखिको क्रोनिक दुखाइ जस्ता लक्षणहरू व्यवस्थापन र उपचारमा अधिक सहयोगी हुने गर्दछ। गाँजाको औषधीय प्रयोगका सम्भावनाहरू उत्साहजनक भए तापनि अमेरिकाको केन्द्रीय सरकारले गाँजालाई कानुनी नगरेकाले यसको ओखती बनाउने उद्योगमा लगानी गर्न उद्यमीहरूको खासै चासो विकास हुन् सकेको छैन।

त्यही कारण वाट विगतको तीन वर्षमा गाँजाको नयाँ औषधिहरू विकास हुन सकेन। अमेरिकी फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (FDA) र युरोपियन मेडिसिन्स एजेन्सी (EMA) द्वारा एउटा पनि गाँजाको नयाँ औषधिहरू बिक्रीको लागि अनुमोदन गर्नको लागि निवेदन नै प्राप्त गरेन। FDA ले २०१८ मा क्यानाबिस-आधारित औषधि Epidiolex लाई स्वीकृति दिएको थियो। सिजर्स (Seizures)सँग सम्बन्धित ड्रावेट सिन्ड्रोम (Dravet syndrome) र लेनोक्स- ग्यास्टोट सिन्ड्रोम (Lennox-Gastaut syndrome) को उपचारका लागि प्रयोग गरिन्छ। Epidiolex प्रयोगशालामा निर्मित क्यानाबिडिओल (CBD) हो। गाँजाको बुटो वाट आएको होइन। हाल यस क्षेत्रमा भएका सीमित औषधि निर्माण गर्ने दिसामा काम गर्दै गरेका कम्पनीमा ब्रिटिसको बायोटेक कम्पनी Artelo Biosciences हो। यसले हाल क्यान्सरका बिरामीहरूको तौल र मांसपेशी पुनः स्थापित गर्न मद्दत गर्ने खालका औषधिहरू विकास गरिरहेको छ। ती औषधिहरू गाँजाको भोक बढाउने तर लट्ठ ‘हाई’ अनुभव नगराउने गुणको उपयोग गरेर क्यान्सरका बिरामीहरूको लक्षणको उपचार गर्ने उद्देश्य लिएको देखिन्छ जुन सम्भवतः २०२८ सम्म उपलब्ध हुनेछ।

भर्खरै अमेरिकी राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प क्यानाबिस वैधानिकता गर्नुपर्ने मागको लामो समय देखि समर्थन गर्दै आएका हुन्। सेप्टेम्बर २०२४ मा, उनले फ्लोरिडामा क्यानाबिसलाई वयस्क व्यक्तिको उपभोगको लागि वैधानिक बनाउने ‘अमेन्डमेन्ट-३’ लाई समर्थन गरेका थिए। उनले त्यति बेला “म फ्लोरिडाबासीको रूपमा नोभेम्बरमा अमेन्डमेन्ट- ३ पो पक्षमा भोट हाल्नेछु।” उनले सङ्घीय कानुन अन्तर्गत समेत गाँजालाई कम प्रतिबन्धित श्रेणीमा राख्नको लागि आफूले समर्थन गर्ने जनाएका थिए।

हाल ट्रम्प एलोन मस्कको कुरा निकै सुन्छन्। एलोन मस्कले २०१८ मा “द जो रोगन एक्सपिरियन्स” पोडकास्टमा आफैले सबैलाई देखाएर सार्वजनिक रूपमा गाँजा सेवन गरे। मिडियामा त्यसले ठुलो चर्चा पायो। २०२३ मा उनले ट्विटरमा ‘४२०’ लेख्दै क्यानाबिस संस्कृति समर्थन गरेका थिए। मस्कको नेतृत्वमा आए पछि कानुनी रूपमा ‘x’ (ट्विटर) मा गाँजाको विज्ञापन गर्न अनुमति दिएका थिए। गाँजाले ठुलो सामाजिक मिडिया प्लेटफर्ममा विज्ञापन गर्न भूमिका खेलेका थिए।

यसले के देखाउँछ भने जब सम्म अमेरिकामा क्यानाबिस केन्द्रीय सरकारले कानुनी गर्दैन यसको ओखती बन्ने प्रभावकारी काम हुने छैन। गाँजा सम्बन्धका अनुसन्धान त चलिरहने छन् । तर औषधि विकासको वैधानिक प्रयासहरू पुरा गरी औषधि बनाउने गति तीव्र गर्ने ठुला विश्वका उद्यमी यसमा लगानी गर्न तैयार हुने छैनन्।

त्यसैले गाँजाको भविष्य हाल आएर ट्रम्प र एलोन मक्सहरुको विवेकमा भर पर्ने देखिन्छ। अमेरिकाको केन्द्रीय सरकारले गाँजा कानुनी नगरेको सन्दर्भको विश्वका अन्य सबै प्रयास गाँजा उद्यमको प्रभावकारी विकासमा कुनै व्यवहारिक अर्थ रहने छैन।

(घिमिरे खाध्य तथा औषधि बिज्ञ हुन्)

वि.सं.२०८१ मंसिर ४ मंगलवार ११:५५ मा प्रकाशित

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

न्यायपालिकाप्रति जिम्मेवार सार्वजनिक बहसको आवश्यकता

लोकतन्त्रमा कुनै पनि सार्वजनिक संस्थाको आलोचनाभन्दा ठूलो मित्र अरु हुँदैन।...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...