back
CTIZAN AD

इजरायली युद्ध सुरु भएयता लेबनानमा २२६ स्वास्थ्यकर्मीको मृत्यु

वि.सं.२०८१ मंसिर ८ शनिवार

3.6K 

shares
जेनेभा । गत वर्ष अक्टोबर ७ मा गाजामा इजरायली युद्ध सुरु भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु भइसकेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार जनाएको छ ।
गाजा द्वन्द्वलाई लिएर इजरायल र हिजबुल्लाहबीच १३ महिनाभन्दा बढी समयदेखि जारी सीमापार गोलीबारीमा लेबनानमा स्वास्थ्य सेवामा १८७ वटा आक्रमण भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ ।
लेबनानस्थित डब्लुएचओका प्रतिनिधि अब्दिनासिर अबुबकरले बेरुतबाट भिडियो लिङ्कमार्फत  भनेका छन् “सन् २०२३ अक्टोबर ७  देखि यस वर्षको नोभेम्बर १८ सम्ममा २२६ स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने १९९ जना घाइते भएका छन् ।”
तीमध्ये करिब ७० प्रतिशत यो बर्षको सेप्टेम्बरमा युद्ध थप तनावपूर्ण रूपमा परिणत भएपछि भएको उनले बताए । उनले भने “यो अत्यन्तै चिन्ताजनक प्रवृत्ति हो, नागरिकहरूलाई जीवनरक्षक हेरचाहको पहुँचबाट बञ्चित गर्नु र स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन हो ।”
अबुबकरले लेबनानमा जारी द्वन्द्वको एउटा विशेषता भनेको स्वास्थ्य सेवाका लागि यो कत्तिको विनाशकारी छ भन्ने रहेको बताउँदै ४७ प्रतिशत आक्रमण ‘कम्तीमा एक जना स्वास्थ्यकर्मी वा बिरामीका लागि घातक साबित भएको’ उल्लेख गरे ।
युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भने, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३.३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए ।”
उनले लेबनानमा स्वास्थ्य सेवामा घातक आक्रमणको उच्च प्रतिशत ‘अधिक एम्बुलेन्सहरूलाई लक्षित गरिएको’ तथ्यको कारण हुन सक्ने बताए ।  “वास्तवमा, जब एम्बुलेन्स लक्षित हुन्छ त्यसपछि तपाईंसँग तीनदेखि पाँच स्वास्थ्यकर्मी प्रभावित हुन्छन् वा मारिन्छन् ।”
द्वन्द्वले हालैका वर्षहरूमा गम्भीर सङ्कटबाट गुज्रिरहेको लेबनानको समग्र स्वास्थ्य सेवामा ठूलो धक्का पु¥याएको छ । डब्लुएचओले लेबनानका १५३ अस्पतालमध्ये १५ वटा अस्पताल बन्द भएको वा आंशिक रूपमा मात्र सञ्चालनमा रहेको चेतावनी दिएको छ ।
पूर्वी भूमध्यसागरीय क्षेत्रका लागि डब्लुएचओका क्षेत्रीय निर्देशक हनान बाल्खीले भन्नुभयो, “यस स्तरको स्वास्थ्य सेवामा हुने आक्रमणले स्वास्थ्य प्रणालीलाई प्रभावित बनाउँछ ।” “ज्यान गुमाउनुबाहेक, स्वास्थ्यकर्मीको मृत्युले वर्षौंको लगानी गुमाउनु पर्ने हुन्छ ।” एएफपी

वि.सं.२०८१ मंसिर ८ शनिवार ०८:१७ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...