back
CTIZAN AD

पश्चिमा मुलुकलाई पुटिनले दिएको चेतावनीले नडराउने स्वीडेनको भनाइ

वि.सं.२०८१ मंसिर ८ शनिवार

3.8K 

shares
स्टकहोम, स्वीडेन । पुटिनले पश्चिमा मुलुकलाई दिएको पछिल्लो चेतावनीबाट यूरोप नडराउने स्वीडेनले शुक्रबार जनाएको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई हतियार आपूर्ति गर्ने पश्चिमा मुलुकहरूमाथि आक्रमण गर्ने सङ्केत गरेपछि स्वीडेनी रक्षामन्त्री पाल जोन्सनले रूसको उक्साहटबाट स्वीडेन नडराउने बताए ।
स्वीडेनका मन्त्रीले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र ड्रोन खरिदका लागि ‘पर्याप्त आर्थिक सहयोग’ गर्ने घोषणा गर्नुभएको थियो ।  उनले भने, “हामीले पछिल्लो समय देखेको रूसी तनाव र उक्साहट हामीलाई युक्रेनका लागि समर्थन गर्नबाट तर्साउने प्रयास हो र त्यो असम्भव छ,” जोनसनले आफ्ना युक्रेनी समकक्षी रूस्टेम उमरोभसँग स्टकहोममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भने ।
उनले भने, “युक्रेनलाई समर्थन गर्नु सही काम हो र यो विवेकी कुरा हो र यो हाम्रो आफ्नै सुरक्षामा लगानी हो । युक्रेनको सुरक्षा पनि हाम्रो सुरक्षा हो ।” जोन्सनले उमरोभसँग भने, “युक्रेनलाई अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो भूभागभित्र र बाहिर आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ । हामीले लामो दूरी मार हान्नसक्ने क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने तपाईंको क्षमता दुवैलाई थप विकास गर्न सकेकोमा हामी खुसी छाँैं ।”
राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको भन्दै रूसी भूमिमा प्रहार गर्न पश्चिमा हतियार प्रयोग गर्न किएभलाई अनुमति दिएकोमा युक्रेनका सहयोगी राष्ट्रको आलोचना गरेका छन् ।
हालैका दिनहरूमा युक्रेनले पहिलो पटक अमेरिकी र बेलायतद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्रहरू रूसी भूमिमा प्रहार गरेको छ, जसले लगभग तीन वर्ष लामो द्वन्द्वमा रूसलाई थप चिन्तित बनाएको छ ।
सी राष्ट्रपति पुटिनले  भनेका छन् “जसले उनीहरूका हतियारहरू हाम्रो सुविधाविरुद्ध प्रयोग गर्न अनुमति दिन्छ हामी पनि आफूलाई ती देशका सैन्य सुविधाविरुद्ध हाम्रा हतियार प्रयोग गर्ने हकदार ठान्छौं।”एएफपी

वि.सं.२०८१ मंसिर ८ शनिवार ०८:२० मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...