back

मुक्तक

वि.सं.२०८१ मंसिर १५ शनिवार

297 

shares

सुनिल अधिकारी, काठमाडौं

बाध्यता र रहर बीच उभिएर मन मार्नुको सकस
जीतको उन्मादमा रहनेलाई व्यर्थै हार्नुको सकस
परजीवि हैनौ मरेपछि छोड्न, ज्यूँदैमा साथ छोड्नू
न शोक मनाउनुको सुर्ता, न त नुन बार्नुको सकस ।


शिखरमा हुँदा ‘आफन्त’ बन्नेहरू पनि छन् यहाँ
ईर्ष्याबस् कोही दुश्मनमा गन्नेहरू पनि छन् यहाँ
अभिलाषा थियो म चन्दन बनेर सर्वत्र मग्मगाऊँ
तर बनमारा बनेर जरा खन्नेहरू पनि छन् यहाँ ।


कहाँ हुन्छ र त्यो पूर्णचन्द्र, नसिबमा हरेक पथिकको
ग्रहण पनि अँगालिन्छ उज्यालोको चाहमा अधिकको
आधा चन्द्रको उज्यालोमा रमाएकै छन् रमाउनेहरू
पोल्नेलाई टाढाकै जूनले पोल्छ, हुनुपर्दैन नजिकको ।


अतृप्त एउटा मुर्दाले आज मरेको मसान जगाएछ
ज्यूँदो रहरसँगै आफन्तले चिताको खरानी बगाएछ
शरीर डढ़े पनि कसैको यादमा आत्मा ज्यूँदै थियो
अनजानमै बागमतीको पानीमा कसैले आगो लगाएछ ।


चुहियो मनको रहर सधैँ, बाध्यताले टाले पनि
पलाउँछन् इच्छाका पखेटा, पिँजडामा हाले पनि
थोरै खुसी हुने भ्रममा, जीवन यो जिउने क्रममा
समस्या ज्यूँका त्यूँ रह्यो, जरै समेत फाले पनि ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१७ मा प्रकाशित

कविता : उपहार

कविता : उपहार

छविलाल कोपिला, मजगाउँ, दाङ कमरेड ! आज तिमीलाई मेरो यो...

सुसेली

सुसेली

प्रतिभा देवी न्यौपाने, काठमाडौं १. दुर्गा दाइको मैले गर्छु सम्मान...

कविता : कस्तो बगैँचा भयो

कविता : कस्तो बगैँचा भयो

कनकधारा स्वामी स्वदेशानन्द गान्तोक, सिक्किम यी काकाकुल मात्र देखिन गए...

गजल

गजल

एक नारायण चापागाईं, दाङ धरातलमा भए बन्जर हरा हरपल कहाँ...

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया देश लुट्ने दुष्ट जनको...

लघुकथा : उपराजा

लघुकथा : उपराजा

वसन्त अनुभव, घोराही, दाङ स्यालले आयोजना गरेको पत्रकार सम्मेलनमा थुप्रै...