back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ मंसिर १५ शनिवार

2.3K 

shares

सुनिल अधिकारी, काठमाडौं

बाध्यता र रहर बीच उभिएर मन मार्नुको सकस
जीतको उन्मादमा रहनेलाई व्यर्थै हार्नुको सकस
परजीवि हैनौ मरेपछि छोड्न, ज्यूँदैमा साथ छोड्नू
न शोक मनाउनुको सुर्ता, न त नुन बार्नुको सकस ।


शिखरमा हुँदा ‘आफन्त’ बन्नेहरू पनि छन् यहाँ
ईर्ष्याबस् कोही दुश्मनमा गन्नेहरू पनि छन् यहाँ
अभिलाषा थियो म चन्दन बनेर सर्वत्र मग्मगाऊँ
तर बनमारा बनेर जरा खन्नेहरू पनि छन् यहाँ ।


कहाँ हुन्छ र त्यो पूर्णचन्द्र, नसिबमा हरेक पथिकको
ग्रहण पनि अँगालिन्छ उज्यालोको चाहमा अधिकको
आधा चन्द्रको उज्यालोमा रमाएकै छन् रमाउनेहरू
पोल्नेलाई टाढाकै जूनले पोल्छ, हुनुपर्दैन नजिकको ।


अतृप्त एउटा मुर्दाले आज मरेको मसान जगाएछ
ज्यूँदो रहरसँगै आफन्तले चिताको खरानी बगाएछ
शरीर डढ़े पनि कसैको यादमा आत्मा ज्यूँदै थियो
अनजानमै बागमतीको पानीमा कसैले आगो लगाएछ ।


चुहियो मनको रहर सधैँ, बाध्यताले टाले पनि
पलाउँछन् इच्छाका पखेटा, पिँजडामा हाले पनि
थोरै खुसी हुने भ्रममा, जीवन यो जिउने क्रममा
समस्या ज्यूँका त्यूँ रह्यो, जरै समेत फाले पनि ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...