back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.6K 

shares

स्वर्ण शिखा, दाङ

गरेँ मद्दत भन्ने त उनको आदत हो
दिने उनले जहिल्यै मलाई आहत हो

कमाएकाले यो कुरा ठिक हो भन्छन्
सबैभन्दा असली खजाना इज्जत हो

हिलोमा नै फुल्छन् कमल सुन्दर मित्र
छोरो बिग्रे दोषी नठान्नू सङ्गत हो

ढलायो खै केले पिए पश्चात् कुन्नि
मलाई प्यारीले दिएको सर्बत हो

बिगारेका उनले स्वयम् नै हुन् घरबार
भनेका छन् अहिले अरूकै हर्कत हो

बहर : अनुराग
अर्कान : मफाइलुन् फैलुन् मफाइलुन् फैलुन्
वजन : १२२२ – २२ / १२२२ – २२
अभ्यास : स्वर्ण पाठशाला

 

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१६ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...