back
CTIZAN AD

प्रधानमन्त्रीको चीन भ्रमण ‘पर्यटक भ्रमणमा मात्र सिमित’ – डा.प्रकाशचन्द्र लोहनी

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.6K 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्माको आजदेखि हुने चीन भ्रमण पर्यटक भ्रमणमा मात्र सिमित हुने बताएका छन् ।

८९ जनाको जम्बो टोलिसहित चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलिले जाने अघिल्लो दिनसम्म पनि सत्तारुढ दलभित्र चीनसँगको सम्बन्धसँग जोडिएका कार्यनीतिक र रणनीतिक कुनै पनि कुरामा विश्वास र सहमति हुन नसकको भन्दै डा लोहनीले यो भ्रमण पर्यटक भ्रमणमा मात्र सिमित हुने बताएका हुन् ।

प्रधानमन्त्रीको भ्रणण बारे सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले भनेका छन् ‘थुप्रै ब्यापारीहरुले सुबिधामुलक पर्यटक भ्रमण गर्ने भए मूल सफलता यहि हुने जस्तो दखिएको छ ।’

उनले लेखेका छन् :-

१) प्रधानमन्त्रीजीको चीन भ्रमणको सदस्यहरुको संख्या ८९ पुग्यो र १ ठुलो मान्छे को ठुलो अहमलाई ठुलो भ्रमण टोलिले सन्तोष देला तर यथार्थमा यो पर्यटक भ्रमणमा सिमित हुने सम्भाबना बढेको छ ।
२) जाने अघिल्लो दिन सम्म सरकार मा रहेका दुइ ठुला दल बीच चिनसँगको सम्बन्धसँग जोडिएका कार्यनीतिक र रणनितिक कुनै पनि कुरामा बिस्वास र सहमति छैन । जेहोस् हिमालय हवाई कम्पनिले बायु सेवा निगमलाई जितेर केहि व्यापार पायो । थुप्रै ब्यापारीहरुले सुबिधामुलक पर्यटक भ्रमण गर्ने भए मूल सफलता यहि हुने जस्तो दखिएको छ ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०९:३६ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...