back
CTIZAN AD

थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो,  चारलाख बढी  प्रभावित

वि.सं.२०८१ मंसिर १८ मंगलवार

879 

shares
बैङ्कक(थाइल्याण्ड) । दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा बाढीले चार लाख १० हजार ४५१ मानिसहरूलाई प्रभावित बनाएको छ ।
थाई सरकारको जनसम्पर्क विभागले पट्टानी, नाराथिवाट, सोङ्खला र याला प्रान्तमा बाढीका कारण २२ हजारभन्दा बढी मानिसहरु बाढीबमाट विस्थापित भएको जनाएको छ ।
सोङखलाको पोल्ट्री फार्मका मालिक सुवास बिन–उमाले भन्नुभयो,“बाढीले १० हजार भन्दा बढी कुखुरा नष्ट गर्दा मैले कम्तिमा तीन लाख भाट गुमाएँ ।”
थाई मौसम विभागले मङ्गलबार डिसेम्बर छ सम्म भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।
सरकारले बाढी प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली खटाएको र प्रत्येक प्रदेशलाई बाढी राहतका लागि छ करोड भाट तोकिएको छ ।
मङ्गलबार थाई मन्त्रिपरिषद्ले प्रभावितहरूलाई सहयोग गर्न प्रति परिवार नौ हजार भाट भुक्तानलाई अनुमोदन गरेको छ ।
छिमेकी उत्तरी मलेसियामा प्रकोप अधिकारीहरूले मङ्गलबार बाढीका कारण ९४ हजार भन्दा बढी मानिसहरू अझै पनि आफ्नो घर फर्कन नसकेका जनाएका छन् । पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।
सन् २०११ मा, देशभरि व्यापक बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लियो र लाखौं घरहरूलाई क्षति पुर्याएको थियो । एएफपी

वि.सं.२०८१ मंसिर १८ मंगलवार १८:१७ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...