back

क्षतिग्रस्त माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन भइसक्ने

वि.सं.२०८१ मंसिर १९ बुधवार

201 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ । हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भार तालिका तय गरिएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पु¥याएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष (कन्ट्रोल रूम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने भूमिगत नहर (कल्भर्ट) मा ठूलो क्षति पुगेको थियो ।

दुई वटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको मर्मतसम्भार आगामी पुस १० गतेभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरू गर्ने तालिका तय गरिएको आयोजनाले जनाएको छ । यसका लागि आंशिक रूपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिनेछ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरूको ग्राउटिङ गर्ने काम समानान्तर रूपमा अगाडि बढाइनेछ ।

दायाँतर्फको अर्को डिस्याण्डर मर्मत र हाल सतहमा रहेको कन्ट्रोल रूमलाई भूमिगत बनाउन डिजाइन गरी पुनर्निर्माण प्रक्रिया तत्काल अगाडि बढाइनेछ । यो काम आगामी वर्षायाम सुरू हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य तय गरिएको छ । वर्षाले क्षति पुगेको आयोजनाको विद्युत् प्रवाह गर्ने प्रसारण लाइनको एउटा टावरको मर्मतसम्भार सकिएको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले आज आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको जानकारी लिएको थियो ।

टोलीबाट आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरी पुस १० भित्र विद्युत् उत्पादन सुरू गर्ने र त्यसको १५ दिनभित्रमा विद्युत् बढी माग हुने पिक समयमा चलाउने गरी मर्मतसम्भार सम्पन्न गर्ने गरी समय तालिका तय गरिएको छ । विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

हिउँदयामा विद्युत्गृह चलाउन नसकेमा आन्तरिक रूपमा विद्युत् माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण देखिएकाले सञ्चालक समितिको टोली जतिसक्दो छिटो विद्युत्गृहलाई सञ्चालनमा ल्याउन अपनाउनुपर्ने उपायहरू तय गर्न स्थलगत अनुमगनमा गएको हो ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गरे ।

“आगामी मार्चसम्म दिउँसो र राति मात्र भारतबाट विद्युत् आयात अनुमति पाएकाले आन्तरिक उत्पादनले हिउँदयामको साँझ र बिहान (पिक समय)को विद्युत् माग धान्न गाह्रो छ, मार्च र अप्रिलमा रातिमासमेत आयात गर्न अनुमति पाएका छैनौँ, यस्तो अवस्थामा पिकिङ गर्न सकिने माथिल्लो तामाकोसी आएन भने अप्ठ्यारो अवस्था आउने छ”, घिसिङले भने ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो । बाँधका सम्पूर्ण ढोका (गेट) हरू खुला गरिएको थियो । जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो । कम्पनीका सिइओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपायहरू अवलम्बन गरी तय गरेको तालिकाबमोजिम विद्युत् उत्पादन सुरू गर्ने गरी काम भइरहेको बताए ।

वि.सं.२०८१ मंसिर १९ बुधवार १८:५८ मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...