back
CTIZAN AD

क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै

वि.सं.२०८१ मंसिर १९ बुधवार

552 

shares

काठमाडौँ । मनसुनी विपद्बाट क्षति भएको बिपी राजमार्गको विस्तृत प्राविधिक प्रतिवेदन चाँडै नै तयार गर्नेगरी अध्यायन अगाडि बढाइएको छ । गत असोजमा गएको भीषण बाढी र पहिरोबाट सिन्धुली, रामेछाप, दोलखा, ओखलढुङ्गालगायत जिल्लामा पुग्ने यातायातको मुख्य आधारका रूपमा रहेको बिपी राजमार्गको विभिन्न भागमा सामान्य क्षतिसँगै रोशी आसपासका करिब १० किमि पूर्णरूपमा क्षति पुगेको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दसैँ अघिनै यातायात सञ्चालन गर्न पहल गरेका थिए । यातायात सञ्चालन भएसँगै उक्त राजमार्ग वर्षायाममा पनि सञ्चालन हुनेगरी हाल प्राविधिक अध्यायनलाई अगाडि बढाइएको छ ।

सडक विभागले हाल भकुण्डेबेसीबाट नेपालथोकसम्मको करिब ३० किमी सडकको स्तरोन्नतीसँगै पुनःनिर्माणको प्रक्रियाको काम अगाडि बढाउने तयारी गरेको छ । सडकको स्तरोन्नती र पुनःनिर्माणको लागि विभागले परामर्शदाताको रूपमा ‘रिप्पल ट्रेनिङ्ग एण्ड कन्सल्टिङ्ग सर्भिसेज’ सँग सम्झौता गरी विस्तृत प्राविधिक प्रतिवेदन तयारको काम अघि बढाइको छ । परामर्श दाताले मौजुदा प्रतिवेदनसमेत तयार गरिसकेको र सोको ‘फिल्ड भेरिफिकेसन’ समेत सम्पन्न गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोख्रेल, उप–महानिर्देशक अर्जुन अर्याल, सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौँका टिम लिडर तथा ट्रान्स्पोर्टेसन इन्जिनियर अमितप्रसाद तिमल्सेना, ई राजेन्द्र पौडेललगायतको टोलीले निरीक्षण गरी आवश्यक परिमार्जन गर्ने विषयमा छलफल गरेको छ ।

अनुगमनपछि सचिव शर्माले आवश्यक परिमार्जन गरी विस्तृत प्राविधिक प्रतिवेदन तयार गर्न र वर्षाको समयमा यातायात सञ्चालन गर्नेगरी आवश्यक कार्य चाँडो सम्पन्न गर्न निर्देशन दिनुभयो । चौकीडाँडा क्षेत्रको थप अनुसन्धान र निरीक्षणका क्रममा आवश्यक देखिएका परिमार्जनलाई समेत समावेश गरेर चाँडै विस्तृत प्राविधिक प्रतिवेदन तयार गरिने तिमल्सेनाले बताए ।

न्यौपानेले पुनःनिर्माण गरिने सडक दुई लेनको हुनेगरी अध्ययन भइरहेको र विस्तृत प्राविधिक प्रतिवेदन तयार भएपश्चात बजेट सुनिश्चितता गरी विभिन्न प्याकेज बनाई निर्माण कार्य चाँडो सम्पन्न गर्ने विभागको योजना रहेको बताए । वर्षाको समयमा समेत सडक सञ्चालनको तयारीमा लागी परेको र सो को लागि बजेट माग समेत गरिएको भक्तपुर डिभिजन प्रमुख सिडिई सुमन योगेशले बताए ।

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:२० मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...