काठमाडौँ । समता अभियान नामक संस्थाले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत दिप प्रज्वलन गरि मनाएको छ ।
‘हामी सबैको प्रतिबद्धता : लैंगिक हिंसा अन्त्य लागिको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ मनाइने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत समता अभियान नामक संस्थाले सोमबार साँझ बानेश्वर चोकमा दिप प्रज्वलन गरि मनाएको हो । उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, संस्थाका सदस्यहरु र सर्वसाधारणहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाकि अध्यक्ष सरीता शिवभक्ती पौडेलले महिला र बालिकामाथी बढ्दो घरेलु हिंसा,आर्थिक, सामाजिक र राजनीतिक हिंसाको अन्त्य लागिको कानुन बनेर मात्र हुँदैन, त्यसको कार्यान्वयन प्रमुख भएको बताइन् । उनले महिला हिंसा विरुद्धको कानुन कार्यान्वयन गर्न समता नेपाल संस्था सदैब तयार रहेको जानकारी गराउदै कार्यक्रमको समापन गरेकी थिइन् ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार ११:२९ मा प्रकाशित