काठमाडौँ । एनएमबि बैंक लिमिटेडको सेवा शुक्रबार साँझ देखि शनिबार बिहानसम्मका लागि अवरुद्ध हुने भएको छ ।
बैंकद्वारा जारी सूचना अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि आउँदो शुक्रबार (मंसिर २८ गते) राती १०.३० देखि भोलिपल्ट शनिबार बिहान १०.३० बजेसम्मका लागि बैंकका सेवाहरु अवरुद्ध हुनेछ । सो अवधीमा ब्रंकबाट जारी गरिएका कार्ड, एटिएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ख, आइपिएस तथा कल सेन्टर सेवाहरु अवरुद्ध हुने जनाइएको छ ।
वि.सं.२०८१ मंसिर २५ मंगलवार ११:३१ मा प्रकाशित