back
CTIZAN AD

युक्रेनको जापोरिझियामा क्षेत्रमा भएको रूसी आक्रमणबाट १० जनाको मृत्यु

वि.सं.२०८१ मंसिर २७ बिहीवार

639 

shares

किएभ, युक्रेन । युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रूसी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् ।

दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृङ्खलामा मङ्गलबार भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका हो ।

भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए ।

गभर्नरका अनुसार आक्रमणबाट मध्य जापोरिझियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।

रूसका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणको निन्दा गर्दै युक्रेनलाई थप हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पश्चिमा मित्रराष्ट्रलाई आह्वान गरेका छन् ।

गत शुक्रबार पनि जापोरिझियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रूसले चेतावनी दिएको थियो ।

एक अमेरिकी अधिकारीले रूसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेशनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।

वि.सं.२०८१ मंसिर २७ बिहीवार १२:३२ मा प्रकाशित

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...