काठमाडौं । जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन् । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका–४ का काठमाडौं गोकर्णेश्वर गरपालिका–५ बस्ने बिष्णु लोप्चन पक्राउ परेका हुन् ।
बिष्णुले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई मंगलबार ललितपुर, ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०८१ मंसिर २७ बिहीवार १२:३६ मा प्रकाशित