back
CTIZAN AD

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै

वि.सं.२०८१ पुस २ मंगलवार

750 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी थालेका छन् । चीन भ्रमणबाट फर्किएपछि ओलीले भारत भ्रमणको तयारी थालेका हुन् । ओलीले झापा पुगेर आफू चाडै भारत भ्रमणमा जान लागेको बताएका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयले ओलीले भारत भ्रमणको तयारी थालेकोे बताएको छ । प्रधानमन्त्रीको सचिवालय र पराष्ट्र मन्त्रालय एक साथ सक्रिय भएपछि ओलीको भ्रमण मिलाउन परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा जाने भएकी छिन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण अंग्रेजी नयाँ वर्ष २०२५ जनवरी मध्यतिर हुने सम्भावना छ । नेपालले ९ जनवरीमा भ्रमण गर्ने मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल गर्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पुस ५ गते नयाँदिल्ली जाने तय भएको छ ।

प्रधानमन्त्री ओली चीन जानु अघि नै भारतले भ्रमणको तयारी थाल्न प्रधानमन्त्रीको सचिवालयलाई प्रस्ताव गरेको थियो । सोही अनुसार प्रधानमन्त्रीको सचिवालयले परराष्ट्र मन्त्री र मन्त्रलायलाई यसको जिम्मेवारी दिएको थियो ।

चीन भ्रमणबाट प्रधानमन्त्री फर्केपछि परराष्ट्र मन्त्रालयले नेपालस्थित भारतीय दूतावाससँग समेत समन्वय गरी आन्तरिक तयारी गरिरहेको स्रोतको भनाइ छ । ओलीको भारत भ्रमणको आन्तरिक गृहकार्य चल्दै गर्दा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव अहिले दिल्ली पुगेका छन् ।

यसअघि भारतले चासो नदिएपछि प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । दिल्लीले निमन्त्रणा दिएको भए प्रधानमन्त्री चीन भन्दा पहिले भारत भ्रमणमा जान्थे । तर उताबाट निमन्त्रणा नआएको कारण उनी चीन गएका थिए । चीन जानुअघि पनि उनले आफू फर्के लगत्तै भारत भ्रमणमा जान अभिव्यक्ति दिएका थिए ।

परराष्ट्रमन्त्री आरजु चीन भ्रमणबाट फर्केको पर्सिपल्ट अर्थात् मंसिर २२ गते नेदरल्याण्ड उडेकी थिइन् । उनी त्यतैबाट भारत पुगेर प्रधानमन्त्रीको भ्रमणको मिति तय गरि फर्कने बताइएको छ ।

भारतले यसपटक ओली प्रधानमन्त्री भएको चार महिना वित्दा पनि वास्ता गरेको थिएन । चीन भ्रमण पुगेर बीआरआइ परियोजना कार्यान्वय सहमति पत्रमा हस्ताक्षर भएपछि भने भारत झस्किएको थियो । बीआरआई नेपालमा कार्यान्वयन हुँदा भारत र अमेरिका दुबै त्रसित हुने मुख्य कारण भू–रणनीतिक र आर्थिक प्रतिस्पर्धा हो ।

नेपालमा चीनको पूर्वाधार र रणनीतिक उपस्थितिले भारत दबाबमा पर्छ भने चीन–नेपाल सम्बन्धले भारतको परम्परागत व्यापारिक प्रभाव र सुरक्षा रणनीतिमा चुनौती दिन सक्छ ।

बिआरआई नेपालमा कार्यान्वयन हुँदा यसले दक्षिण एसियाका अन्य देशहरुमा पनि प्रभाव विस्तार गर्न मद्दत पुग्छ, जसले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिलाई दक्षिण एसियामा कमजोर बनाउन सक्छ । त्यसैले पनि भारत र अमेरिका नेपालमा आफ्नो प्रभाव गुम्ने त्रासमा छन् ।

बिआरआईको कार्यान्वयनले नेपालमा पूर्वाधार निर्माण र व्यापारिक मार्गहरू विस्तार गर्न मद्दत पुग्न सक्छ भने डेड सयभन्दा बढी राष्ट्रसँग जोडिई सकेको बिआरआईका कारण नेपालका लागि पर्यटन र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु पनि खुल्न सक्नेछन् ।

तर नेपालले बिआरआईलाई कार्यान्वयनको चरणमा लगेपछि सोचेअनुरुप भएन भने चाँही नेपाल अप्ठ्यारोमा पर्न सक्छ । बिआरआई चीनको रणनीतिक कार्यक्रम भएकोले पनि छिमेकी भारत झस्केको हो । भारतको नेपालप्रतिको प्रमुख चिन्ता सुरक्षा भएकोले पनि नेपाल चीनसँग टाढै बसोस् भन्ने चाहन्छ । तर, चीन बिआरआईमार्फत नेपाल र भारतमा आफ्नो व्यापार बढाउन चाहन्छ ।

वि.सं.२०८१ पुस २ मंगलवार १०:१७ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...