back
CTIZAN AD

मंसिर महिनामा ३६ अर्ब ३६ करोड ३६ लाख आन्तरिक राजस्व संकलन

वि.सं.२०८१ पुस ३ बुधवार

828 

shares

काठमाडौं । आन्तरिक राजस्व विभागले मंसिर महिनामा ३६ अर्ब ३६ करोड ३६ लाख आन्तरिक राजस्व संकलन गरेको छ । यो गत आर्थिक वर्ष २०८०/०८१ को मंसिर महिनाको तुलनामा ८ अर्ब ३० करोड कम हो ।

विभिन्न ८ शिर्षकमा विभागले सो बराबर राजस्व संकलन गरेको हो । खाशगरी, बैंकहरुले आयकर शिर्षकमा १३ अर्बभन्दा बढी कर दाखिला गर्दा गतवर्ष मंसिर महिनामा राजस्व संकलन बढेको थियो । यसवर्षको मंसिर महिनामा ८ अर्ब ३० करोड कम राजस्व संकलन भएको हो ।

विभागको तथ्यांकअनुसार यो मंसिरमा आयकर शिर्षकमा १२ अर्ब ३३ करोड, आन्तरिक मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ११ अर्ब ३९ करोड, अन्तशुल्क आन्तरिक तर्फ ९ अर्ब ८३ करोड संकलन भएको छ ।

मंसिर महिनामा विभागलाई अर्थ मन्त्रालयले ३८ अर्ब ३० करोड ४४ लाख राजस्व असुल गर्न लक्ष्य दिएको थियो । गतवर्ष बैंहरुले फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरको लाभमा कर तिर्दा धेरै रकम हुन गएको हो ।

पुर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक ऐनमार्फत एफपीओ र मर्जरमा लाग्ने कर २०८० मंसिर मशान्तसम्म दाखिला गरे जरिवाना र ब्याज नलाग्ने उल्लेख गरेका थिए । तर, सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका बैंकरहरु अदालतले रिट खारेज गरिदिएपछि कर दाखिला गर्न बाध्य बनेका थिए ।

यस्तै, बहाल करतर्फ २३ करोड २० लाख कर उठ्दा ब्याजकर शिर्षकमा ८७ करोड ८४ लाख कर संकलन भएको छ । स्वास्थ्य सेवा शुल्कतर्फ ५८ करोड ५३ लाख, शिक्षा सेवा शुल्कतर्फ १८ करोड ७८ लाख र अन्य शिर्षकमा ९१ करोड ३१ लाख कर संकलन भएको छ ।

यस्तै, चालु वर्षको पाँच महिनामा विभागले १ खर्ब ८७ अर्ब ३२ करोड राजस्व गरेको छ । मन्त्रालयले विभागलाई पाँच महिनामा २ खर्ब १८ अर्ब ४५ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ । पाँच महिनामा विभाग लक्ष्य भन्दा ३१ अर्ब १ करोड ९८ लाख रुपैयाँले पछि परिसकेको छ ।

विभागले चालु वर्ष ७ खर्ब १ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्वको लक्ष्य प्राप्ति नभए मन्त्री र कर्मचारी समेत सुरक्षित नहुने बताउँदै आएका छन् । तर, मन्त्री पौडेलले कर्मचारीमाथी दबाब बढाएपनि लक्ष्यअनुसार राजस्व असुल गर्न कठिन देखिएको छ ।

वि.सं.२०८१ पुस ३ बुधवार १६:२३ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...