back
CTIZAN AD

कविता : झण्डाले भुलेको मान्छे

वि.सं.२०८१ पुस ६ शनिवार

1.3K 

shares

यम रेग्मी, दाङ

जरा टुटेको हरियो छु साग
धोत्रो परेको सुकिलो छु साज
कपास भन्दा हलुको भएछु
के बढ्न खोज्थेँ ? खिइँदै गएछु ।१।

उन्मत्त बन्दै झुपडी थुकेथेँ
सम्बन्ध मेट्दै नभमा उडेथेँ
सरी मृतात्मा मन भाग्छ उड्दै
म लास जस्तै भुइँमा छु गल्दै ।२।

बर्खे हिलोको दहमा डुबेछु
उफ्रिन्छु भन्दा अझ भासिदिन्छु
बलो ढलेको घर पो भएछु
चोक्टा समेट्दा रसमा डुबेछु ।३।

आमा छुटेको वनको छु बाच्छो
नयाँ बिरानो हुलमा छु एक्लो
के काम मस्ती दिलमा छ रात
छन् दृश्य राम्रा गह छन् उराठ ।४।

चाहिन्छ झाडी सतिसाल बन्न
चाहिन्छ जाली लहरा दगुर्छ
बर्षे छु बाली हिउँदो छ याम
यो नर्कभित्रै कसरी फुलू म ?।५।

कुरा हुरीझैँ दिल भित्र चल्छ
सम्झिन्छु माटो गह यी बहन्छ
छु लास जस्तै घरको न घात
छु साँझ जस्तै दिनको न रात ।६।

छन्द : उपजाति (इन्द्रवज्रा+उपेन्द्रवज्रा)
गण : त त ज गुरु गुरु
ज त ज गु गु
गण सङ्केत  :SSI SSI ISI S S SIS SSI ISI S S
विश्राम : पाँच अक्षरमा

वि.सं.२०८१ पुस ६ शनिवार ०८:४७ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...