back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ पुस ६ शनिवार

3.2K 

shares

दाहाल कल्पना,रातोपुल, काठमाडौँ

१.
सकेसम्म पुगेँ लमतन्न परेँ लम्पसार परेँ सरेँ
हातमात्रै होइन दिमागको प्रयोग लगातार गरेँ
लपक्क टाँसिएँ छपक्क भिजेँ गोडा मोल्दा
झिसमिसेमा सबैको झटारो मारामार परेँ ।

२.
हजुरबाको ढ्याक पैसा नासो कालो बाकसमा
मौका हेरी भेनासालो राख्थे चासो बाकसमा
कर्तव्यले सन्तानको, सन्ततिको सुन्दर जीवन
छ्याल्लब्याल्ल भयो आयो आफैँ रातो बाकसमा ।

३.
यही शिर स्वर्ग, संसार, छत ओहो ! प्यारो
खोसाखोस गर्दागर्दै अहिले त्यही तगारो
अन्ध स्वार्थ घमण्डले बुद्धिविवेक तुहिएपछि
थेगेन ममताले त्यही आमा भयो पसारो ।
४.
नियम विरुद्ध त अब कतै जाने छैन
जहाँ पनि किरिया कसम अब खाने छैन
भर लाग्दैन अचेल तिम्रो वाचा अठोटको
के बोल्दैछौ कहीँ कतै केही माने छैन ।

५.
काम ठिक छैन थाहा पाउँछु गर्न थाल्छु धर्म
भलो गर्न जान्या छैन गर्छु केवल चुस्ने कर्म
मीठो मुस्कान बोलीसँगै कन्तुर भर्छु आफ्नो
कोही मरून् जिउन् डुबुन् मलाई खै त शर्म ??

वि.सं.२०८१ पुस ६ शनिवार ०८:५५ मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...