back
CTIZAN AD

कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने

वि.सं.२०८१ पुस ९ मंगलवार

723 

shares

गण्डकी । भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनाग्गे आम्दानी गर्दै आएका छन् ।

जङ्गलमा परिणत भएको करिब २६ रोपनी जग्गामा छ वर्षअघि आफूले लगाएको ‘सोना’ पाँच सय र ‘लेमन–ठूलो’ जातका दुई सय गरी कूल सात सय कागतीका बिरूवा ठूला भई वार्षिक १० लाख रूपैँया आम्दानी हुनथालेकामा कृषक लामिछाने दङ्ग छन् ।

कागती बिक्रीबाट यस वर्ष रू २० लाख आम्दानी हुने अपेक्षा गरेकामा गत चैत वर्षको १२ गते परेको असिनाका कारण क्षति पुग्दा ६० क्विन्टल उत्पादन हुने अनुमान गरेकोमा ३० क्विन्टल मात्र कागती उत्पादन हुँदा सोचेअनुसार पैसा हात पार्न नसकिएको उनले बताए ।

“उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,” उनले भने, “कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकेजी दुई सयदेखि दुईसय पचास रूपँैया सम्ममा बिक्री हुने गरेको छ, बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको छु । हावापानी सुहाँउदो जग्गामा कागती लगाइ लाभान्वित हुन सबैसँग अनुरोध गर्दछु ।”

नेपाल सरकारको जागिर छोडेर सुरू गरेको व्यावसायीक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहारसुसार गर्नु दैनिकी बनेको बताउँदै ६३ वर्षीय कृषक लामिछानेले थपे, “यतिखेरको बेमौसममा पनि दिनमा पचास किलो कागती उत्पादन हुने गरेको छ ।”

बाँदरलगायत बन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोक कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उनको भनाइ छ ।

विसं २०७५ साउन महिनामा धरानस्थित पाख्रीबासबाट दुई सय रूपैँयाका दरले खरिद गरेर ल्याएका बिरूवा साउन महिनामा रोपेको जानकारी दिँदै उनले भने, “चार वर्षमा उत्पादन दिन सुरू गरेका थिए, पहिलो वर्ष आठ लाख रूपैँया आम्दानी भयो र उत्पादनसहित आम्पादनी बढ्नेक्रम जारी छ ।”

चार मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती गर्दा हालसम्म ८० लाख रूपँैया खर्च भएको उनले जानकारी दिए । कागती रासिलो भएका कारण बजारको माग पनि राम्रो छ । ज्ञान केन्द्र स्याङबाट ल्याई रोपिएका उन्नत जातका लेमनका दुई सय बिरूवामा अहिले कागती लटरम्म फलेका छन् ।

कृषक लामिछानेले भने, “रूखबाट झरेका फल पेलेर अघिल्लो साल ४८ माना अमिलो उत्पादन भएको थियो, कालो बाक्लो अमिलो प्रतिमाना रू एक हजार र पातलो झोल रू पाँच सयमा बिक्री गर्दै आछु, यस वर्ष पनि ३० माना जति अमिलो उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी गर्न सकिने रहेछ ।

बिरूवा रोपेको चार वर्षमै फल दिन सुरू गरेको कागतीको एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन भएको बताउँदै उनले बताए । “अहिलेसम्म सम्बन्धित क्षेत्रका सरकारवाला पक्षबाट कुनै पनि किसिमको सर–सहयोग प्राप्त भएको छैन,” उनले भने, “यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ । दैनिक पाँच जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु । काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग उपलब्ध हुन्छ भन्ने सुनेको छु, खै कसले पाउँछन् थाहा छैन ।”

पछिल्लो समय तातोपानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरू गरेको दावी गर्ने लामिछानेले भने, “राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ ।”

वेगनासतालको जलाधार क्षेत्रमा पर्ने उक्त कागती खेतीभित्र अन्तरबालीका रूपमा तरूल, अकवरे खुर्सानी, टिमुर, अमला, एभोकाडो, अम्बा, नास्पाती, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केराजस्ता विभिन्न जातका फलफूलका बोटबिरूवा फष्टाएका छन् । परीक्षणका लागि लगाएको एउटा स्याउको विरूवाले फलदिन सुरू गरेको बताउँदै उनले भने, “यस वर्ष ५० देखि ६० वटा फलफलेका थिए सवै बाँदरले खाइदियो ।”

लिफ्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरेको बताउँदै कृषक लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख रूपैँया खर्च भएको बताए ।

युवाको रोजाइमा विदेश पर्ने र स्वदेशका अधिकांश जग्गा बाँझिने स्थितिको अन्त्यका लागि कृषि उत्पादन तथा उत्पादकत्त्वतर्फ राज्यको ध्यान जानुपर्ने स्थानीय कृषकको भनाइ छ । यसैगरी आयातित उपभोग्य वस्तु विस्थापित गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामा समेत योगदान दिने फलफूल तथा तरकारी खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्थासहित सहयोग गर्नुपर्ने स्थानीय किसानको सुझाव छ ।

वि.सं.२०८१ पुस ९ मंगलवार १९:२० मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...