back
CTIZAN AD

अनेरास्ववियु क्रान्तिकारीले सार्वजनिक गर्यो निर्वाचन तालिका, यस्तो छ तालिका

वि.सं.२०८१ पुस ९ मंगलवार

1.5K 

shares

काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले उमेर हद तथा केन्द्रीय समिति निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

अनेरास्ववियु क्रान्तिकारीले मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोग तथा निर्वाचन समितिसहितको बैठकले २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने तालिकामा उल्लेख छ । दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुनेछ ।

प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानद्वारा जारी सूचनामा उमेर हदका लागि पुस १० गते मतदाता नामावली सार्वजनिक कार्यक्रम छ । पुस ११ गतेदेखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दावीविरोध र पुस १२ गते साँझ ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । पुष १३ गते बिहान १० देखि ४ बजेसम्म मतदान हुने र पुष १४ गते परिणाम सार्वजनिक गरिने कार्यक्रम छ । उमेर हदकाे मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ वटै जिल्लाहरुमा केन्द्र तोकिएको छ भने  केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेशस्तरीय मतदान केन्द्र तोकिएको छ ।

अन्तिम मतदाता नामावली अनेरास्ववियु(क्रान्तिकारी)को आधिकारीक फेसबुक पेज तथा वेवसाइटबाट सूचित गरिने सार्वजनिक सूचनामा उल्लेख छ ।
इन्चार्ज हिमाल शर्माका अनुसार यसअघि विभिन्न जिल्लामा देखिएको प्रतिनिधि विवाद समाधान गरिसकिएको छ ।

यसअघि गत असोजमा त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आयोजित २३ औं राष्ट्रिय सम्मेलनमा उमेर हदको विवादका कारण स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।

वि.सं.२०८१ पुस ९ मंगलवार २०:४५ मा प्रकाशित

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई नयाँ सुविधाः अब ‘र्यापिड’ प्लेटफर्ममार्फत सबै बैंकिङ सेवा एउटै ठाउँमा

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कर्पोरेट ग्राहकहरूले अब विभिन्न...

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री र सेवन रोक्न निर्देशन

काभ्रेपलाञ्चोक । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनमा रोक लगाउन...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

सङ्कल्प र लगनले चुम्दै सफलता

सङ्कल्प र लगनले चुम्दै सफलता

महोत्तरी । साहुले ऋण नपत्याउँदा विदेश जान नपाएर तरकारीखेतीमा लागेका...

तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु...