back
CTIZAN AD

राज्यसत्तामा उदेक लाग्दो अवस्था छ : विप्लव

वि.सं.२०८१ पुस ११ बिहीवार

687 

shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्तामा उदेक लाग्दो अवस्था रहेको बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा विप्लवले लंका जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले लिन खोजेको र सत्ताका लागि उनीहरूबिच नै मारामार रहेको बताए । ‘नेपालको राज्यसत्ता उदेक लाग्दो अवस्थामा छ । कहिले हाँस पनि उठ्छ । नेपालीमा एउटा उखान छ ‘लंका जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छन् । ढेडुहरूको ठुलो जमात खडा भएका छन् । कोही रिसाएका छन् । कोही हाँसिरहेका छन्’, उनले भने ।

काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्ट पोखे । ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास भइराखेको छ’, विप्लवले भने, ‘हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयंकर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’

अहिले कम्युनिस्ट आन्दोलनमा दुईवटा समस्या रहेको पनि विप्लवले औँल्याए । पहिलो वर्गीय मोर्चा छाडेर भाग्ने । अर्को विचार, सिद्धान्त बिग्रिन्छ भन्दै जड सूत्रीय प्रवृत्ति बन्द कोठाको कुनामा गएर सिद्धिने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ ।

वि.सं.२०८१ पुस ११ बिहीवार १७:११ मा प्रकाशित

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...