back
CTIZAN AD

विप्लवलाई माओवादी केन्द्रमा ल्याउन म बाधक छैन : जनार्दन शर्मा

वि.सं.२०८१ पुस ११ बिहीवार

843 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेकपा माओवादीमा ल्याउन आफू बाधक नभएको बताएका छन् ।

सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तक्र्रिया कार्यक्रममा शर्माले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको स्पष्ट पारे । पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको उनले प्रष्ट पारे ।

‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो’, उनले भने, ‘हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन ।

माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोबिचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबिच बाधकका रूपमा पनि चर्चा गरियो । ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’

वि.सं.२०८१ पुस ११ बिहीवार १७:०५ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...