back
CTIZAN AD

जलवायु परिवर्तनको असरले श्रमिक समस्यामा

वि.सं.२०८१ पुस १४ आइतवार

465 

shares
काठमाडौँ । पछिल्लो समय बढ्दै गइरहेको जलवायु परिवर्तनको असरले श्रम क्षेत्रमा पनि समस्या बढाएको सरोकार भएकाहरूले बताएका छन् । आज क्लास नेपालले काठमाडौँमा आयोजना गरेको ‘श्रमिकमा जलवायु परिवर्तनको प्रभावमा बहुपक्षीय संवाद’मा सहभागीले जलवायु परिवर्तनले देखिएका श्रम समस्या समाधानका बहस आवश्यक रहेको बताएका हुन् ।
वन तथा वातावरण मन्त्रालयका सहसचिवसमेत रहेका रेड कार्यान्वयन केन्द्रका प्रमुख नवराज पुडासैनीले जलवायुजन्य जोखिमबाट श्रमिकलाई बढी समस्या उत्पन्न हुने भएकाले यसको समाधान तत्काल गर्नुपर्ने बताए । “कुनै विपद् आयो भने सबैभन्दा बढी श्रमिकलाई असर गर्छ, जलवायु परिवर्तनले हिमालको हिउँ पग्लदै छ । पर्यटन व्यवसाय धरापमा परी त्यहाँ काम गर्ने श्रमिकको रोजिरोटी खोसिन सक्छ”, उनले भने, “कृषिमा पनि त्यस्तै असर परिरहेको छ । कृषि उत्पादन कम हुँदा कृषिमा काम गर्ने श्रमिकलाई असर गर्छ ।”
पुडासैनीले जलवायु परिवर्तनको असरले तापक्रममा वृद्धि भई बाहिरी वातावरणमा काम गर्न नसक्ने अवस्था सिर्जना हुनसक्ने भन्दै दैनिक ज्वाला गरेर गुजारा टार्ने श्रमिक मारमा पर्ने बताए “जलवायुजन्य जोखिम दिनानुदिन बढिरहेको छ, श्रमिकहरूले काम गर्दा सुरक्षाको नयाँ उपायहरू अपनाउन आवश्यक छ”, उनले भने, “निर्माणाधीन नयाँ पूर्वाधारहरू जलवायुमैत्री हुन आवश्यक छ ।”
श्रम, रोजगार, तथा समाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइरालाले बढ्दो जलवायु परिवर्तनको  जोखिमबाट अनुकूलित हुन श्रमिकको स्वास्थ्य र सुरक्षामा ख्याल गर्दै नीति तथा कार्यक्रम तय गर्नुपर्नेमा जोड दिए । “जलवायु अनुकूलनलाई प्राथमिकता दिँदै काम गर्ने उचित समय पनि हेरिनुपर्छ, दिउँसो बढी गर्मी भएमा बिहानको समयमा श्रमिकलाई काममा लगाउन सकिन्छ”, उनले भने े, “जलवायुजन्य जोखिमले श्रम क्षेत्रमा देखा पारेको असर न्यूनीकरणमा सबैले समन्वय गर्नु आवश्यक छ ।”
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनको मुख्य असर महिला श्रमिकलाई परेको भन्दै असर न्यूनीकरणसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
वातावरण अभियन्ता सिलसिला आचार्यले जलवायुजन्य असरले श्रम समस्या निम्त्याइरहेको भन्दै समाधानका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । “बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट सबैभन्दा बढी महिलालाई असर गरिरहेको छ, विपद्मा सबैभन्दा बढी विपन्न र त्यसमा पनि महिला श्रमिक पीडित छन्”, उनले भने, “यस्ता विपद्मा मजदुर गर्ने श्रमिकले रोजगार नपाउँदा दैनिक गुजारा गर्न सकस हुन्छ ।”

वि.सं.२०८१ पुस १४ आइतवार १८:३२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...