back
CTIZAN AD

स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण हुन्छ :सभापति देउवा

वि.सं.२०८१ पुस १४ आइतवार

444 

shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वस्थ शरीरका लागि खेलकुद महत्वपूर्ण भएको बताएका छन् ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित प्रजतान्त्रवादी खेलाडी तथा खेलप्रेमीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले भने, “स्वस्थ शरीरमा स्वस्थ दिमाग चाहिन्छ भने जस्तै स्वस्थ शरीरका लागि पनि खेलकुदको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।”
सभापति देउवाले खेलकुद क्षेत्रमा युवा खेलाडीको बाहुल्यता धेरै हुने हुँदा उनीहरुको वृति विकासमा खेल र व्यायामको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो । युवा र खेलकुदका विषयलाई पार्टीले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । सभापति देउवाले देशको विभिन्न ठाउँमा सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्डलाई प्रभावकारी रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले देशका लागि पसिना बगाउने खेलाडीका परिवारको शिक्षामा सहयोग गर्न  आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्नेबारे छलफल भइरहेको बताउनुभयो । खेलमा अनुशासनको महत्व सबैभन्दा बढी हुने उल्लेख गर्दै उनले खेलकुदको नियम नमान्ने जुनसुकै खेल सङ्घलाई कारबाही गर्ने बताए ।
कार्यक्रममा कांग्रेस नेता एवं नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन केन्द्रीय समितिका संयोजक मोहनबाहदुर बस्नेतले सङ्घको महाधिवेशन आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने तयारीमा जुट्न आग्रह गरे । उनले ‘सभापति कप फुटलब प्रतियोगिता’को आयोजना गर्ने विषयमा छलफल भइरहेको जानकारी गराए ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेलकुद क्षेत्रमा रहेका  विकृति र विसङ्गतीलाई रोक्न सङ्घले आवश्यक भूमिका निर्वाह गर्ने बताए । उक्त कार्यक्रममा कांग्रेसका नेताहरु, सङ्घका जिल्ला अध्यक्ष एवं विभिन्न खेलकुद सङ्घका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८१ पुस १४ आइतवार १८:३६ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...