back
CTIZAN AD

भारतीय पर्यटकले ठोरी खचाखच

वि.सं.२०८१ पुस १७ बुधवार

957 

shares

वीरगञ्ज (पर्सा) । ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको पहिलो महिनाको पहिलो दिन आज ठोरी भारतीय पर्यटकले खचाखच भरिएको छ ।

ठोरीमा छिमेकी मुलुक भारतका साथै स्वदेशी पर्यटकको आगमन बढेको छ । ठोरी जङ्गल रिसोर्टका सञ्चालक धिर सिंहले नयाँ वर्षका अवसरमा भारतीय पर्यटकले ठोरीका होटल खचाखच भरिएका बताए ।

“भारतीय पहुनाको आगमन बढेसँगै हामीलाई भ्याइनभ्याई छ”, उनले भने, “ठोरीका अधिकांश होटल भरिएका छन् ।” पछिल्लो समय ठोरी बाह्रैमास व्यापार हुने पर्यटकीय गन्तव्य बनेको छ । भारतीय मात्र होइन, पर्सा आसपासका स्वदेशी पर्यटक पनि ठोरी आउने गरेका छन् । ठोरीमा राईधारा, सेतो पहाड, गोलेडाँडा, रातो पहाड, सिनेही पहाड, ‘स्टोनपार्क’, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिर, सिकारीबासलगायत करिब ५० पर्यटकीयस्थल छन् । सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) सञ्चालनमा छ ।

ठोरी गाउँपालिका–२ स्थित भ्युटावरबाट सूर्याेदय र सूर्यास्त हेर्न धेरै पर्यटक जाने गरेका छन् । पर्यटकको आगमन बढेसँगै त्यहाँ होटल र रेष्टुरेन्ट पनि खुुल्न थालेका छन् । हाल त्यहाँ छवटा स्तरीय होटल तथा रेष्टरेष्ट सञ्चालनमा छन् । ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको सङ्गमस्थल हो । वन्यजन्तु तथा वनस्पतिको अवलोकन गर्न प्रकृतिप्रेमी पर्यटक पनि त्यहाँ जाने गरेका छन् ।

भारतको सीमावर्ती सहर जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनालगायत सहरबाट पर्यटक ठोरी आउने गरेका पर्यटन व्यवसायी सिंहले बताए ।

औपचारिक रूपमा नेपाल आउने भारतीय पर्यटकको सङ्ख्या नगण्य छ । अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा वीरगञ्ज नाकाबाट दुई हजार ८६ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ मा दुई हजार ४१ जना पर्यटक आएका थिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तले नयाँ वर्षमा वीरगञ्ज बजार क्षेत्रका ५० भन्दा बढी होटलमा ६० प्रतिशतको हाराहारीमा अतिथि बस्ने गरेका छन् । ठोरीमा मात्र होइन, वीरगञ्ज महानगरभित्र पर्ने सीमावर्ती रक्सौलसँगै जोडिएको शङ्कराचार्य द्वार, गहवामाई मन्दिर, घडीअर्वा पोखरी, पशुपतिनाथ मन्दिर, विन्दवासिनीलगायत धार्मिकस्थलमा पनि भारतीय र स्वदेशी पर्यटक जाने गरेका छन् ।

महानगरबाट नजिक रहेको ऐतिहासिक पर्सागढीमा पनि स्वदेशी पर्यटक आउने गरेका छन् । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले नयाँ वर्षमा पर्सागढीमा पनि उल्लेख्य मात्रामा आन्तरिक पर्यटक आउने गरेका बताए ।

उनले भने, “स्थानीय पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न जरुरी छ”, यही पुस १९ गते गढीमा दुई सय १०औँ विजय महोत्सव मनाइने भएकाले त्यसमा स्वदेशी पर्यटकको आगमन बढ्ने विश्वास उनले व्यक्त गरे । रासस/फाइल फोटो

 

वि.सं.२०८१ पुस १७ बुधवार ११:२५ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...