back
CTIZAN AD

एउटै वडाका ४६ जनाद्वारा एमाले परित्याग

वि.सं.२०८१ पुस २२ सोमवार

1.8K 

shares

काठमाडौँ । नेकपा (एमाले)का सचिव लेखराज भट्टको गृहनगर कैलालीको गोदावरी नगरपालिकामा ४६ जना संगठित सदस्यहरूले पार्टी परित्याग गरेका छन् ।

गृहनगर गोदावरी नगरपालिका–२ का ४६ जनाले एकै दिन सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन् । उनीहरूले पुस ११ गते एमालेको नगर कमिटी अध्यक्षलाई हस्ताक्षर र संगठित सदस्यता नम्बरसहित उल्लेख गरेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् ।

यसरी राजीनामा दिनेहरू सबै ४६ जना सचिव भट्टसँगै नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेकाहरू हुन् ।

एमाले परित्याग गर्नेहरूले एमाले भएर बस्दा पनि आफूहरूले पटक–पटक अपमानित हुनुपर्ने, राजनीतिक रूपमा पूर्वमाओवादी भनेर अपहेलित हुनुपर्ने, मूल नेतृत्व कै विरुद्ध तलैसम्म गुटबन्दी गर्ने परम्परा भित्र बस्न नसकिएको निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

‘अहिलेको एमालेको नीति विभिन्न पार्टीका कार्यकर्तालाई जति सक्यो बढी भित्र्याउने भए पनि त्यसका विरुद्ध मुख्य नेतृत्व खास गरी महासचिव शंकर पोखरेल र अन्य केही नेताहरूले जनयुद्धका बारेमा लगातार प्रहार गरेपछि अब यहाँभित्र हामीले बसिरहनु आवश्यक ठानेका छैनौँ,’ एमाले परित्याग गरेका पूर्वमाओवादीहरूको राजीनामा पत्रमा भनिएको छ ।

वि.सं.२०८१ पुस २२ सोमवार १३:५६ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...