back
CTIZAN AD

‘माघेसङ्क्रान्तिमा खाइने चाकु र तरुल शरीरका लागि फाइदाजनक’

वि.सं.२०८१ पुस २८ आइतवार

786 

shares

काठमाडौँ । जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक तत्वहरू प्राप्त भयो भने न्यानोपन महसुस हुने भएकाले जाडोमा शरीर न्यानो राख्न झोलिलो तथा पौष्टिक खानेकुरा बढी सेवन गर्नुपर्ने पोषणविद्हरू सुझाव छ ।

पोषणविद्का अनुसार जाडोमा शरीर न्यानो राख्न कार्बोहाइड्रेट, फ्याट, प्रोटिन, मिनिरल्स सबैको सन्तुलित मात्रामा भोजन गर्नुपर्छ । पोषणविद् डा मनषा थापा ठकुराठीले भने, “विभिन्न मसालाजस्तै अदुवा, लसुन, बेसार, मरिच, जुवानोले शरीर तातो राख्न मद्दत गर्छन् । पोषणविज्ञानले चिसो र तातो खाना छुट्याएको छ । कुन खाना खाँदा तातो प्रभाव दिन्छ, सोही खानेकुरा सेवन गर्नुपर्छ ।”

उनले जाडोमा कोदो तथा फापरको रोटी, गहतको दाल, जुवानोको झोल, चमसुरको साग, सौँफको सागलगायत परिकारले शरीर न्यानो राख्न सहयोग गर्ने बातए। “जुन खानेकुरा खाँदा शरीरलाई गर्मी गर्छ त्यस्तो खानेकुरा खानुपर्छ । बच्चाहरूलाई तातो दूध दिन सकिन्छ । बच्चा र बुढाबूढीलाई खीर पनि खान दिन सकिन्छ । यसले पनि शरीरलाई ताप दिन्छ”, पोषणविद् डा ठकुराठीले भने ।

बजारमा पाइने विभिन्न तयारी अवस्थाका सुपका प्याकेटभन्दा घरमा ताजा तरकारीको सुप बनाएर खाँदा शरीरलाई फाइदा पुग्ने पोषणविद् विनिता पन्तले बताए । उनले भने, “मांसाहारीले मासुको सुप खान सक्नुहुन्छ । हरियो तरकारी तथा गेडागुडीको सुपहरू बनाएर खाँदा शरीर तातो राख्छ । बजारमा पाइने तयारी सुपहरू नखानु उपयुक्त हुन्छ । दाल तथा गेडागुडीका सुप पनि शरीरका लागि फाइदाजनक छन् । हरियो सागसब्जी, फलफूल पनि खानुपर्छ ।”

पन्तका अनुसार जाडोमा पानी कम खाइने हुनाले अरु झोलिलो खानेकुराबाट पानीको मात्रा पूर्ति गर्नुपर्छ । “मनतातो पानी खाने बानी गर्नुपर्छ । कोदोको सुप एकदम पौष्टिक हुन्छ । सकेसम्म दैनिक एकछाक कोदो खाँदा उपयुक्त हुन्छ । यसमा क्याल्सियम र पोटासियमको मात्रा बढी हुन्छ । लसुन, अदुवा, बेसारले एन्टिबायोटिकका रूपमा काम गर्दछ । यसलाई खानेकुरामा प्रयोग गर्न सकिन्छ ।”

माघे सङ्क्रान्तिमा खाइने घिउ, चाकु, तिलको लड्डु, सख्खर, तरुलले जाडोमा न्यानो राख्न सहयोगी भूमिका खेल्न पोषणविद् ठकुराठीले बताए । उनले भने, “चाकुलाई जाडोमा खाने भनेर प्रकृति र मौसमले दिएको खाद्ययवस्तु हो । यसले शरीरलाई ताप दिन्छ । परम्परागत रूपमा पनि यसको महत्व छ । नेवार समुदायमा सुत्केरी महिलालाई तातो गराउन भातमा चाकु र घिउ राखेर खान दिने गरिन्छ ।”

पोषणविद् पन्तले पनि तरुलमा क्याल्सियम तथा पोटासियम बढीमात्रामा पाइने हुनाले यसले शरीरलाई लाभ पु¥याउने धारणा राखे । उनले भने, “तरुल कार्बाेहाइड्रेटको स्रोत हो । यसले हाम्रो शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोग लाग्नबाट बचाउँछ । चाकुमा आइरन प्रशस्त पाइन्छ, यसमा क्यालोरी पनि हुने भएकाले शरीरलाई सुरक्षा प्रदान गर्छ ।”

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अशक्त बिरामी, दीर्घरोगीलाई चिसो लाग्ने सम्भावना बढी हुने भएकाले तातो खानेकुरामा बढी जोड दिनुपर्ने पोषणविद् डा ठकुराठीको भनाइ छ । उनले भने, “दैनिक रूपमा खाइने खाद्यवस्तु र झोलिलो खानेकुरामा बढी ध्यान दिनुपर्छ । फ्रिजमा राखिएका चिसो खानेकुरा खानु हुँदैन । कमजोर तथा छातीमा चिसो लाग्ने बिरामीहरूले त्यस्ता खानेकुरा खानै हुँदैन । यसले घाँटीको एलर्जी हुने खसखसाउने समस्या निम्त्याउँछ । दही खाँदा दिउँसो मात्र खाने गर्नुपर्छ । बिहान वा बेलुका बढी चिसो समयमा खाँदा पाचन प्रक्रियामा गइसकेपछि त्यसले असर गरी पाचन प्रक्रियामा गडबडी हुन सक्छ ।”

खानेकुराले नभई व्यक्तिपिच्छे शरीरको प्रक्रिया फरक हुने भएकाले आफूलाई कस्ता खाना खाँदा सुहाउँदो हुन्छ त्यो विचार गरेर खानुपर्ने पोषणविद् डा ठकुराठीले बताउनुभयो । सही खानेकुराको सेवन नगर्दा पेट फुल्ने, ग्यास भरिने, पाचन प्रक्रिया सहज नहुने खालका समस्या जाडोमा बढी देखिने उनले उल्लेख गरे ।

पोषणविन्द् पन्तले आफूले कति शारीरिक क्रियाकलाप गरिन्छ सोहीअनुसार खानेकुराको सेवन गर्नुपर्ने बताए । “खाने भन्दैमा कुनै पनि खानेकुरा बढी खानुहुँदैन । तिल, आलस, काजु, बदाम, ओखर खानु सन्तुलित रूपमा खानुपर्छ । यी खानेकुराहरूमा क्योलोरी तथा मिनिरिल्सको मात्रा बढी हुने भएकाले दैनिक रूपमा खानु शरीरका लागि उपयुक्त मानिन्छ ।”

 

वि.सं.२०८१ पुस २८ आइतवार १६:२५ मा प्रकाशित

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...