back
CTIZAN AD

विपक्षी दलको साझा धारणा बनाउन कार्यदल गठन

वि.सं.२०८१ माघ २ बुधवार

783 

shares

काठमाडौँ । विपक्षी दलहरूले कार्यदल गठन गरेका छन् । बुधबार बिहान प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले दुई सदस्यीय कार्यदल गठन गरेको हो ।

समसामयिक विषयमा विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले बताए । कार्यदलमा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन र नेकपा एकीकृत समाजवादीको तर्फबाट वेदुराम भुसाल छन् । सरकार स्वेच्छाचारी भएको निष्कर्ष निकालेको बैठकले त्यसको डटेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

त्यसबारे धारणा सार्वजनिक गर्न उनीहरूले विहीवार पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलनमा जानुअघि विपक्षी दलहरूको लिखित साझा धारणा तयार पार्न उक्त कार्यदल बनाइएको एक नेताले जनाए । बैठकमा नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एस, नेसपा, आजपा लगायतका पार्टी सहभागी थिए ।

वि.सं.२०८१ माघ २ बुधवार १२:२९ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...