back
CTIZAN AD

नेप्से परिसूचक सात अङ्कले घट्यो

वि.सं.२०८१ माघ ३ बिहीवार

771 

shares

काठमाडौँ । धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।

आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत, उत्पादन तथा प्रशोधन, म्यूचुअलल फण्ड, व्यापार र अन्य पाँचको सूचक बढेका छन् भने बाँकी उपसमूहको घटेका छन् । बोटलर्स नेपाल लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य नौ दशमलव ९९ प्रतिशत र पिपुल्स पावर लिमिटेड छ दशमलव ६५ प्रतिशतले बढेको छ । त्यसैगरी पोखरा फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्दा जानकी फाइनान्स नौ दशमलव ३९, खानिखोला हाइड्रोपावर नौ दशमवल १५ र रिलायन्स फाइनान्सको शेयर मूल्य सात दशमवल ५७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको रु २८ करोड ५७ लाख बराबरको कारोबार भएको छ । —

 

वि.सं.२०८१ माघ ३ बिहीवार १६:४८ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...